लुम्बिनी प्रदेश : प्रदेश प्रमुखलाई निर्वाचन आयोगले बुझायो प्रतिवेदन

बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाई निर्वाचन आयोगले प्रदेशसभा निर्वाचन परिणामको प्रतिवेदन आज प्रदेश प्रमुखको कार्यालयमा बुझाएको छ।

मंसिर ४ गते सम्पन्न प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणाम सहितको प्रतिवेदन शनिबार प्रदेश प्रमुख शेरचनसमक्ष पेश गरिएको हो।

प्रदेश निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले प्रदेश प्रमुख शेरचनलाई लुम्बिनी प्रदेशको सम्पूर्ण निर्वाचन परिणाम सहितको प्रतिवेदन पेश गरेका हुन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० बमोजिम प्रक्रिया पुरा गरि समानुपातिक निर्वाचनको अन्तिम नतिजा प्रकाशित भएको ७ दिन भित्रमा प्रदेश प्रमुखसमक्ष प्रतिवेदन बुझाउने काम भएको आयोगका आयुक्त भण्डारीले जानकारी गराए ।

आयोगले तयार पारेको निर्वाचन परिणाम प्रतिवेदन अनुसार लुम्बिनी प्रदेशको प्रदेश सभातर्फ ८७ जना निर्वाचित भएका छन् । जसमा पुरुष ५४ जना ६२.०७ प्रतिशत र महिला ३३ जना ३७.९३ प्रतिशत निर्वाचित भएको उल्लेख छ । प्रदेश सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचन प्रणालीतर्फ २५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ३२ वटा राजनितिक दलहरु निर्वाचनमा सहभागी भएका थिए ।

प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ पुरुष ४ सय ६७ र महिला २९ गरि कूल ४ सय ९६ जनाको अन्तिम उम्मेदवारी कायम भएकोमा समानुपातिक निर्वाचन प्रणालीमा कूल ५७९ जना उम्मेदवारहरुको अन्तिम बन्द सूचि कायम गरिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि महिला १६ लाख १२ हजार ४ सय ७१, पुरुष १६ लाख ३७ हजार १ सय ३२ र अन्य ३४ गरि कूल ३२ लाख ४९ हजार ६ सय ३७ मतदाता कायम रहेको वताईएको छ । पहिलो हुने निर्वाचित हुन निर्वाचन प्रणालीतर्फ २० लाख ३४ हजार ३ सय ५४ (६२.६) प्रतिशत मतदान भएको थियो । जसमध्ये १९ लाख ४२ हजार ९ सय ७७ (९५.५१) प्रतिशत मत सदर भएको थियो । भने, ९१ हजार ३ सय ७७ (४.४९) प्रतिशत मत बदर भएको थियो । सोही सभाको समानुपातिक निर्वाचनमा २० लाख ३४ हजार १ सय ६ (६२.५९) प्रतिशत मतदान भएको थियो । जसमध्ये १८ लाख ८७ हजार ७८ (९२.७७) प्रतिशत मत सदर भएको थियो भने, १ लाख ४७ हजार २८ (७.२३) प्रतिशत मत बदर भएको प्रतिवेदनमा जनाईएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?