शान्ति समाजको २५ औँ राष्ट्रिय परिषद् बैठक भूमहीमा हुने

मानव अधिकार तथा शान्ति समाजको २५ औँ राष्ट्रिय परिषद् बैठक नवलपरासी बर्दघाट सुस्ता पश्चिम शाखाको आतिथेयमा २०७९ पुस २९–३० गते भूमहीमा हुने भएको छ ।

राष्ट्रिय परिषद् शान्ति समाजको सर्वोच्च नीति निर्णायक निकाय हो । २ सय ५० भन्दा बढी अधिकारकर्मीहरुको सहभागिता रहने २५ औँ राष्ट्रिय परिषद् बैठकका दौरान आगामी दुई वर्षका लागि २७ सदस्यीय केन्द्रीय कार्यसमितिको निर्वाचन पनि हुनेछ । राष्ट्रिय परिषद् बैठकमा आधा दर्जन प्रस्तावहरुसहित वार्षिक गतिविधि प्रतिवेदन लगायतका दस्तावेजहरु प्रस्तुत हुनेछ ।

राष्ट्रिय परिषद् बैठक आयोजनाका लागि समाजको नवलपरासी पश्चिम शाखाका निवर्तमान सभापति सन्तोष अधिकारी क्षेत्रीको संयोजकत्वमा मूल तयारी समितिसहित १३ वटा उपसमितिहरु गठन भएको छ । शाखा सभापति गणेश न्यौपानेको सभापतित्वमा बसेको जिल्ला कार्यसमिति बैठकले मूल तयारी समितिरउपसमितिहरु गठन गर्नुका साथै राष्ट्रिय परिषदको सेरोफेरोमा वृक्षारोपण, शान्ति र्याली, सफाई, लागू औषधरमदिरा दुर्बेशन विरुद्ध शैक्षिक प्रतिष्ठानहरुमा सचेतना कार्यक्रम लगायत एक दर्जन कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय परिषद्को उद्घाटन सत्रमा समाजका संस्थापक सभापति कृष्ण पहाडी लगायत नागरिक अगुवाहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?