अर्घाखाँची: १३० औं माओे दिवस मनाउने कार्यक्रम सम्पन्न

अर्घाखाँची ।
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) लगायतका ३ राजनीतिक दलद्वारा अर्घाखाँचीकाे सन्धिखर्कमा १३० औं माओे दिवस मनाउने कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा मन्तब्य राख्दै नेकपा मशालका प्रतिनिधि कृष्ण केसीले माओले शाेषक र शाेषित वर्गको उत्थानका लागि निरन्तर लडेर कम्युनिस्ट पार्टीकाे निर्माण भएको उल्लेख गर्दै अहिले नेपालमा क्रियाशील प्रायः कम्युनिस्ट पार्टीहरु भने सिद्धान्त र जनताको भावना विपरित रहेको बताएका छन् । माओ कम्युनिस्टका स्मरणयाेग्य एवं अनुकरणीय पात्र समेत रहेको हुँदा नेपालमा रहेका कम्युनिष्टहरु माओकाे भनाइ अनुसार चल्नुपर्ने उनले बताए।

कार्यक्रममा बोल्दै क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी टंकमान राउतले सच्चा कम्युनिस्ट बन्न अहिलेका नामधारी कम्युनिस्टहरुलाइ आग्रह गरेका छन् । त्यस्तै नेकपा मशालका जिल्ला सदस्यले उत्पीडनमा परेका वर्गको उत्थानका लागि माओ सदैब लागेको बताउदै माओकाे जिवनीलाइ सबैले आत्मसात गनुपर्ने बताए ।

उक्त कार्यक्रम नेकपा मशालका प्रतिनिधि नरेन्द्र बहादुर थापाकाे अध्यक्षता, सदस्य गगाराम भुसालको सञ्चालन एवं माओवादी नेता नम बहादुर घर्ती मगरको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?