अर्घाखाँची : दैनिक २५ जनाले बनाउछन पासपोर्ट

अर्घाखाँची । एक तथ्यांकअनुसार अर्घाखाँचीमा दैनिक २५ जनाले पासपोर्ट बनाउने गरेको देखिएको छ ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको तथ्यांकअनुसार यस्तो देखिएको हो । प्रशासन कार्यालय अर्घाखाँचीले सार्वजनिक गरेको मासिक प्रगति अनुसार जिल्लामा आर्थिक बर्ष ०७९/०८० को पौष मसान्त सम्ममा ४ हजार ४ सय ८३ राहदानी सिफारिस गरिएको छ ।

समान्य सिफारिस तर्फ ४ हजार ६६ र द्रुत सेवा सिफारिस तर्फ ४ सय १७ गरि यो आर्थिक बर्षको श्रावण देखी पौष महिना सम्ममा ४ हजार ४ सय ८३ जनाको राहदानी सिफारिस गरिएको प्रशासनको तथ्यांकमा उल्लेख छ ।

पौष महिनामा मात्रै ५ सय ७५ राहदानी सिफारिस गरिएको छ । समान्य सिफारिस तर्फ ५ सय ३५ र द्रुत सेवा सिफारिस तर्फ ४० गरि पौष महिनामा मात्र ५ सय ७५ जनाको राहदानी सिफारिस गरिएको हो ।

यस्तै यो आर्थिक बर्षको पौष मसान्त सम्ममा राहदानी सिफारिस बापत २ करोड ६७ लाख ४५ हजार रुपैया राजस्व समेत संकलन भएको छ । पछिल्लो समय जिल्लामा मात्र नभइ देशभर राहदानी बनाउनेको संख्या वृद्धि भएको तथ्यांक छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?