अर्घाखाँची : दैनिक २५ जनाले बनाउछन पासपोर्ट

अर्घाखाँची । एक तथ्यांकअनुसार अर्घाखाँचीमा दैनिक २५ जनाले पासपोर्ट बनाउने गरेको देखिएको छ ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको तथ्यांकअनुसार यस्तो देखिएको हो । प्रशासन कार्यालय अर्घाखाँचीले सार्वजनिक गरेको मासिक प्रगति अनुसार जिल्लामा आर्थिक बर्ष ०७९/०८० को पौष मसान्त सम्ममा ४ हजार ४ सय ८३ राहदानी सिफारिस गरिएको छ ।

समान्य सिफारिस तर्फ ४ हजार ६६ र द्रुत सेवा सिफारिस तर्फ ४ सय १७ गरि यो आर्थिक बर्षको श्रावण देखी पौष महिना सम्ममा ४ हजार ४ सय ८३ जनाको राहदानी सिफारिस गरिएको प्रशासनको तथ्यांकमा उल्लेख छ ।

पौष महिनामा मात्रै ५ सय ७५ राहदानी सिफारिस गरिएको छ । समान्य सिफारिस तर्फ ५ सय ३५ र द्रुत सेवा सिफारिस तर्फ ४० गरि पौष महिनामा मात्र ५ सय ७५ जनाको राहदानी सिफारिस गरिएको हो ।

यस्तै यो आर्थिक बर्षको पौष मसान्त सम्ममा राहदानी सिफारिस बापत २ करोड ६७ लाख ४५ हजार रुपैया राजस्व समेत संकलन भएको छ । पछिल्लो समय जिल्लामा मात्र नभइ देशभर राहदानी बनाउनेको संख्या वृद्धि भएको तथ्यांक छ ।

spot_img
[reaction_buttons_post]
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?