गण्डकीका ५ मन्त्रालय खारेज, अब ७ मन्त्रालयमात्रै रहने

पोखरा । गण्डकीमा सरकारले मन्त्रालयको संख्या कटौती गरेर सातवटा झार्ने भएको छ।

मुख्यमन्त्री खगराज अधिकारीसहित बिनाविभागीय मन्त्री माओवादीका हरिबहादुर चुमान, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पञ्चराम गुरुङ र सरकारका प्रवक्ता सीताकुमारी सुन्दाससहितको आइतबार साँझ बसेको बैठकले मन्त्रालयको संख्या सातमा झार्ने सहमति गरेको हो।

यसअघि गण्डकीमा पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रालयको संख्या १२ पुर्‍याएका थिए। वर्तमान सरकारले भने गण्डकीमा सरकार स्थापनाताकाका सात मन्त्रालय मात्रै बनाउने भएको हो। “एकदमै न्यूनतम, सातवटामा नै टुंग्याउने कुरा भयो। अरू दल पनि सहमत नै हुनुहुन्छ,” प्रवक्ता सुन्दासले भनिन्।

मन्त्रालयको संख्या घटिसकेपछि मन्त्रिपरिषद् विस्तारले पनि तीव्रता पाउने उनको भनाइ छ। उनका अनुसार सोमबासम्म मन्त्रिपरिष्द विस्तार हुनेछ।

गण्डकीमा गत पुस २५ गते नै चार सदस्यीय मन्त्रिपरिषद् गठन भइसकेको छ। मुख्यमन्त्री खगराज अधिकारीसँगै चुमान, गुरुङ र सुन्दास मन्त्री बनिसकेका छन्।

मन्त्रालयको संख्या सात बनाउने भएपछि अब तीनवटा मन्त्री मात्र थपिनेछन्। गठबन्धनका दलमध्ये एमालेका २२, माओवादीका सात (सभामुख बाहेक) र राप्रपाका दुई सांसद छन्।

तीमध्ये एमालेबाट दुईजना र माओवादी तथा राप्रपाबाट एकरएकजना मन्त्री बनेका छन्। अब मन्त्रिपरिषद् विस्तार हुँदा एमाले र माओवादीबाट नै मन्त्रीहरू थपिनेछन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?