बोली भन्दा काम गरेर देखाउछु : वडा अध्यक्ष सुरेन्द्र के.सी

कुस्मा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सुरेन्द्र के.सी संग समाचारपाेष्ट डटकमले गरेकाे कुराकानी

नमस्कार अनि स्वागत छ तपाईलाई ?
नमस्कार सर अनि धन्यवाद

आजभोलि केमा ब्यस्त हुनुहुन्छ ?
आजभोलि वडाकै बिकास निर्माणको कामहरु सुरुवात भैरहेको छ। दैनिक बिहान ११ बजे कार्यल उपस्थित हुन्छु सेवाग्राहीहरुएको समस्या सबै हेर्छु 2/3 घन्टा अनुगमन गर्छु यस्तै यस्तैमा ब्यस्त हुन्छु।

हजुरको राजनिती यात्रा कहिलेबाट सुरुभयो कस्को हौसलामा लाग्नु भयो ?
मेरो राजनिती यात्रा परिवार सग जोडिएको छ। मेरो अन्कल निलकन्ठ पौडेलके काखमा बसेर राजनीति सिके क्याम्पसको पढाई सकेसी म केही बर्ष पारिवारिक कारण खाडिमा पनि गए 2/3 बर्ष बसे पछि मलाई गाउघरको चिन्ता लाग्न थाल्यो अब म आफनै ठाउमा फर्किनु पर्छ तेहि केही गर्नु पर्छ भनेर म फर्के र म 2060 साल देखि निरन्तर राजनीति यात्रामा लाग्दै वडा,नगर प्रदेश जिल्ला हुँदै म म नेपाल ट्रेड युनियन काङ्ग्रेस पर्बत अध्यक्ष पनि भएर सेवा गरेर 2074 देखि म 2079 सम्म नेपाली काङ्ग्रेसको तर्फबाट वडा सदस्य भएर राम्रो काम गरेर पाटिले बिस्वास गरि 2079 मा मलाई कुस्मा नगरपालिका वडा,8 को वडा अध्यक्षको टिकट दियो र म बिजय पनि भए ।

यहाको सबै अनुभव पनि सुनियो बिदेश देखि नेपाल सम्मको केही साथिले तपाईलाई पैसा दिएर चुनाव जितेको भन्ने आरोप लगाउदा यहाँ के भन्नू हुन्छ ?
यहाँलाई प्रस्नको लागि धन्यवाद,र म चुनाबमा होमिदै गर्दा म तेति सम्पन्नसाली ब्यक्ति पनि हैन म 2056 सालमा गएर जुन अबस्थामा गए सोही अबस्थामा फर्के त्यसपछी म निरन्तर सामाजिक सेवामा लागे सबैको मन जिते र पाटिले मलाई बिस्वास गर्यो सबैको सहयोगले चुनाब जिते मैले चुनाब पैसा खर्च गरेर जितेको हैन ।

एउटा वडामा चुनाब लडन र जित्न कति खर्च लाग्ने रैछ ?
जुन यो वडा अध्यक्ष लडन र जित्न पैसाको कुरा आयो यो के हुन्छ भने पैसानै सबै कुरा हैन।चुनाब लडदै गर्दा जुन झन्डा,केही गाडिको आवत जावत चुनाव अबधीभरको लागि यौटा कार्यलयस्थापना गर्ने थोरै खर्च त लाग्छ तर मेरो तुलनामा म निर्वाचनमा उठने भए पछि सबै साथिहरु सल्ला गरे अपिल गरे कसैले एक हजार कसैले पाच सय सहयोग गर्नु भयो अरुको तुलनामा मैले धेरै कम खर्चमा चुनाब जिते र धेरै खर्च गर्नु पर्छ जस्तो लाग्दैन मलाई ।

अब वडामा तपाईको भाबी योजना युवाहरुलाई बिदेश पलाएन हुनबाट रोक्न केके कार्यक्रम ल्याउनु भएको छ ?
मेरो वडाको भाबी योजना धेरैनै छ र हिजोका दिनमा के कस्ता अधुरो कामहरु छ त्यो पूरा गर्ने बाटोहरु बिस्तार गर्ने बिधुत वडा कार्यलय बनाउने रिङ रोडलाई पिच गर्ने हाम्रो वडाबाट ३ नम्बर वडालाई जोडने बाटो खनियको छ।तेस्लाई पिज गर्ने ताकी ८ नम्बरबाट ३ नम्बर जान सजिलो होस । र युवा योजनाको लागि डाईभीङ सिकाउने ताकी बस कुनै साधन चलाएर जिबिकोपार्जन गर्न सकोस,सिलाई बुनाईको काम सिकाउने यस्था अभियानहरु ल्याउदैछौ।

किसानको लागि केके योजना छ र यो भन्दा अघि केके गर्नु भो
जुन यहाको प्रस्न छ यहाँ भित्ररहेका कृषिमै केन्द्रित भएर मुल आयस्रोत यहिनै हो भन्ने कृषकको लागि कसैले तरकारी खेती गर्नु हुन्छ भने केही राहत उपलब्ध गराउने छौ।कसैले भैंसी गाई पाल्छ भने उहाहरुलाई वडाबाट दिईने सबै सहयोग दिईने छ र गरिपनी राखेका छौ ।

कुस्मा नगरपालिका वडा नं. ८ को वडा अध्यक्ष कुरा भन्दा काम गरेर देखाउने व्यक्ति भनेर बुझौ?
यहाको प्रस्न एकदमै राम्रो गर्नु भो निर्वाचनमा हुमिदै गर्दा उम्मेदवारीको घोषणा प्रत्रमा विभिन्न आश्वासन बाडेको पाईन्छ र जिते पछि पूरा गर्दैन तर म निर्वाचित भएको 8/9 महिनामा पछाडी फर्केर हेर्दा धेरै काम गरे हिजो यो ठाउँ कस्तो थियो र आजको अबस्था कस्तो छ त्यो छर्लङ्ग छ।मैले कति गरे भनेर म बोल्ने भन्दानी काम गर्ने व्यक्ति हु सबैले म बाट धेरै आसा राख्नु भको छ।मिडिया कर्मी साथिहरु पनि मेरो क्षमता देखेर उत्साहित हुनुहुन्थ्यो र अब वडा मात्रै हैन मेयर साम्सद पनि बन्नु छ।र म बोली भन्दा काम गरेर देखाउने मान्छे हु।

हस् अन्तमा ब्यस्तताको बिच समय दिनु भयो धन्यवाद!
तपाईलाई धन्यवाद नमन

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?