पखेटामा समस्या आउँदा यति एअरको विमान दुर्घटना

काठमाडौं । माघ १ गते पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको ९ एन–एएनसी एटीआर विमान दुर्घटनाको प्रारम्भिक कारणमा पखेटामा समस्या आएको देखिएको छ।

मंगलबारको गोरखापत्र दैनिकमा मीनराज भण्डारी समाचार लेख्छन्, दुर्घटना भएको विमानको ब्ल्याक बक्समा रहेको उडान तथ्याङ्क (फ्लाइट डाटा) विश्लेषणको प्रारम्भिक नतिजाअनुसार दुवै इन्जिनका पखेटामा समस्या आएको पाइएको हो तर यो मानवीय वा प्राविधिक के कारणले हो भन्ने निष्कर्ष भने अझै पत्ता लागेको छैन।

दुर्घटना जाँच आयोग २०७९ का सदस्य सचिव बुद्धिसागर लामिछानेले जहाज अवतरण गर्ने क्रममा बेस लेगमा दुवै इन्जिनका प्रोपेलर (ब्लेड)हरू फेदर (छड्के नभई सिधा) अवस्थामै रहेको देखिएको बताए। इन्जिनका प्रोपेलरहरू फेदर हुनु भनेको इन्जिनमा पावर कम हुनु हो। यस्तो अवस्थाा इन्जिनले पावर दिए पनि जहाज अघि बढ्ने वा तलमाथि नहुने अवस्था बुझिन्छ।

‘दुवै इन्जिनका प्रोपेलर फेदरमा किन गए? यस्तो अवस्थामा पाइलटले पावर नदिएको हो वा इन्जिन बिग्रिएर समस्या आएको थियो भन्नेबारे प्राविधिक र मानवीय पक्षबारे हुने थप अनुसन्धानबाट प्रष्ट हुनेछ’, लामिछानेले भने।

जाँचबुझ समितिका सदस्य एकराजजङ्ग थापाका अनुसार दुर्घटनाका कारण जहाजको इन्जिनमा समस्या वा मानवीय त्रुटिमध्ये यही नै प्रमुख कारण हो भन्नेबारे यकिन भइनसकेको बताए।

‘दायाँ इन्जिनमा छवटा र बायाँ इन्जिनमा छवटा प्रोपेलर ब्लेड हुन्छन्, जुन फेदर गएको देखिन्छ । हालसम्मको अनुसन्धानमा इन्जिनमा समस्या देखिएको होइन पङ्खाको एङ्गल नमिलेको देखिएको छ’, उनले भने।

आयोगका सदस्य सचिवद्वारा जारी विज्ञप्तिअनुसार ‘फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण र अनुसन्धानबाट दुर्घटनाग्रस्त ९एन–एएनसी जहाज अवतरण गर्ने क्रममा बेसलेगमा दुवै इन्जिनका प्रोपेलरहरू फेदरमा गएको देखिन्छ ।’ यो भनेको प्रोपेलर निश्चित डिग्रीअनुसार छड्के नभई ९० डिग्रीमा रहनु हो ।

फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको सिङ्गापुरमा अध्ययन अनुसन्धान गरिएको हो। त्यस कार्यमा आयोगको नेतृत्वमा ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेसन ब्युरो (टीएसआईबी) सिङ्गापुर, टीएसबी क्यानडा, पी एन्ड डब्लू क्यानडा र ईएएसएका प्रतिनिधिहरू संलग्नतामा विभिन्न प्राविधिक तथा मानवीय पक्षको विश्लेषण गरिएको आयोगले जनाएको छ। त्यस क्रममा सिङ्गापुरस्थित एटीआर जहाजको ‘सिमुलेटर’मा विभिन्न उडान र प्राविधिक पक्षहरूको थप अध्ययन गरिएको थियो।

गत साता गरिएको डाटा विश्लेषण तथा अनुसन्धान गर्दा दुवै इन्जिनमा रहेका प्रोपेलर ब्लेड फेदर भएको देखिएको आयोगद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ। तर त्यो किन भयो भन्ने अध्ययन भइरहेको आयोगले जनाएको छ। त्यसबारे पूर्ण प्रतिवेदन आउन समय लाग्ने जनाउँदै प्रारम्भिक प्रतिवेदन भने चाँडै सार्वजनिक गर्ने विज्ञप्तिमा उल्लेख छ।

काठमाडौंबाट उडेको विमान पोखरा विमानस्थलमा अवतरण गर्नु केही समयअघि सेतीखोँचमा दुर्घटना भएको थियो। दुर्घटनामा चालक दल र यात्रुसहित ७२ जनाको मृत्यु भएको थियो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?