भुमिकास्थान नगरपालिकामा आवधिक याेजना निर्माण शुरु

भुमिकास्थान नगरपालिकाको पहिलो पन्च बर्शिय नगरबिकास आबधिक योजना निर्माण गर्ने कार्यको सुरुवात गरेको छ ।

अलाना इन्टरनेशनल सर्भिसेज काठमान्डौको प्राबिधिक सहयोग तथा प्रदेश सुशासन केन्द,लुम्बिनी प्रदेशको बितिय सहयोगमा दिर्घकालिन सोच सहित विषय क्षेत्रगत रणनीतिक योजना सहितको आवधिक नगर विकास योजना तर्जुमा एक दिबसिय अभिमुखिकरण कार्यक्रम आज भुमिकास्थान नगरपालिकामा सम्पन्न भएको सस्थाका प्रमुख उदयराज भट्टराईले बताउनु भयाे ।


कार्यक्रमको उदघाटन गर्दै नगरप्रमुख झबिलाल थापाले आफुहरुको एउटै उदेश्य समृद्व नगर निर्माण भएको भन्दै सबैको साथ सहयोग र साझा पहल बाट अगाडि बढ्ने बताए । नगर प्रमुख थापाले बिकास निर्माणको कामलाई योजनाबद्व रुपमा अगाडि बढाउने भन्दै जनतालाई महसुस र देखिने गरि बिकासको कामलाई गरिने बताए ।


नगर उपप्रमुख बालकृस्ण बन्जाडेले नगरको बिकास योजना निर्माणको कामलाई समग्र योजना बनाई ब्यबस्थित तबरले कामलाई अगाडि बढाईने बताए ।


प्रमुख प्रशासकिय अधिकृत नारायण पोख्रेलले अब आगामी ५ बर्श कसरी अगाडि बढ्ने भन्ने प्रस्ट बजेट,नीति र कार्यक्रम सहित अगाडि जानुपर्ने बताए ।
कार्यक्रम बिके महर्जन र मन्दुबाबु अधिकारीले सहजिकरण गरेका थिए । आगामी ५ बर्शमा आर्थिक बिकास, समाजिक बिकाश, भौतिक पुर्बाधार, बन बाताबरण तथा बिपत ब्यबस्थापन, सुशाशन तथा सस्थागत बिकास लगायत विभिन्न छेत्रमा के?कसरी? कहिले? के गर्ने भन्ने दुर्घकालिन योजना सहित अगामी ५ बर्शको समग्र नगरको तस्बिर नै बनाउने बिज्ञ समुहका प्रमुख बिके महर्जनले बताए ।
कार्यक्रम नगर प्रमुख झबिलाल थापाको अध्यक्षता हरिचन्द्र भुसालको स्वागत मनतब्य र शेष कान्त घिमिरे ओशनको सन्चालनमा सम्पन्न भएको कार्यक्रममा राजनितिक दल, जनप्रतिनिधि,कर्मचारी,पत्रकार साथै विभिन्न सघ सस्थाका प्रतिनिधि हरुको सहभागिता रहेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कमला पाेख्रेल
लेखकको बारेमा

कमला पाेख्रेल

पाेख्रेल समाचारपाेष्ट डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?