अर्घाखाँची । नेपाल सरकारले जनयुद्ध दिवसको अबसरमा साेमबार (भाेली) देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
सार्वजनिक विदा दिएसंगै बिधालयका सम्पुर्ण क्रियाकलाप बन्द भए पनि अर्घाखाँचीका बिधालयमा संचालन भईरहेको आधारभुत तह उत्तिर्ण पुर्व अभ्यास परिक्षा र एस.इ.इ पुर्व अभ्यास परिक्षा भने पुर्व निर्धारित मिति मै संचालन हुने भएको छ ।
जिल्लाका सामुदायिक बिधालयमा माग २६ गते देखि संचालन भएको कक्षा ८ को आधारभुत तह उत्तिर्ण पुर्व अभ्यास र कक्षा १० को एस.इ.इ पुर्व अभ्यास परिक्षा पुर्व निर्धारित समय तालिका अनुसार हुने शैक्षिक बिकास तथा अनुसन्धान परिषद अर्घाखाँचीले जनाएको छ ।













