फागन १५, अर्घाखाँची । जिल्ला अस्पताल अर्घाखाँचीलाई १०० थान प्लास्टिक टोकरी निशुल्क हस्तान्तरण गरीएको छ ।
सन्धिखर्क नगरपालिका वडा नम्बर ४ स्थायी घर भई हाल सन्धिखर्क नगरपालिका वडा नम्बर १ गुन्टिखोलामा होटेल ब्यवसाय गर्दै आएका सुनिल नेपालीले जिल्ला अस्पताल अर्घाखाँचीलाई १०० थान प्लास्टिक टोकरी निशुल्क हस्तान्तरण गरेका हुन् ।
अस्पतालमा भर्ना भएका बिरामीहरुलाई औंषधि ओसारपसारमा समस्या देखेपछि नेपालीले अस्पतालका प्रमुख मे.सु डा. जगन्नाथ तिवारी मार्फत उक्त टोकरी हस्तान्तरण गरेका हुन् ।
नेपाली सन्धिखर्क नगरपालिका वडा नम्बर १ गुन्टिखोलास्थित होटेल फ्रेन्डसीपका संचालक हुन् ।













