प्रधानमन्त्रीको काँधमा १६ मन्त्रालय : मन्त्रिपरिषद् विस्तारका लागि छलफल हुँदै

१६ फागुन, काठमाण्डाै । गएको पुस १० गते बनेको सत्ता गठबन्धन भङ्ग भएसँगै १६ वटा मन्त्रालय खाली भएका छन् ।

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै १६ मन्त्रालय खाली भएका हुन् । मन्त्रिपरिषदमा सबैभन्दा ठूलो हिस्सा ओगटेको एमाले बाहिरिए पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मातहत १६ वटा मन्त्रालय रहेका छन् । अहिलेको सात सदस्यीय मन्त्रिपरिषदमा अब माओवादी र जनमत पार्टी मात्रै छन् ।  एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ । यसअघि राप्रपाले पनि समर्थनसमेत फिर्ता लिएको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीले भने सरकारबाट फिर्ता भए पनि सरकारलाई दिएको समर्थन कायमै राखेको छ । एमाले सरकारबाट बाहिरिएसँगै माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनका लागि छलफल थाल्नु भएको छ । हिजो एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको थियो।

मन्त्रिपरिषद् विस्तारका लागि नयाँ गठबन्धन बनाउन दलहरूबीच छलफलसमेत सुरु भएको छ । गठबन्धन दलहरुबीच सहमति भएमा राष्ट्रपति चुनावलाई असर नपर्ने गरी चुनाव अघि नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ । तर, पूर्णता भने राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव पछि मात्रै दिने तयारी भइरहेको छ।

कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टी सरकारमा जान सकारात्मक देखिएका छन्  । तर, भागबण्डाका विषयमा छलफल र सहमति हुन बाँकी छ।

प्रधानमन्त्री प्रचण्डले अब ३० दिनभित्र विश्वासको मत लिनु पर्ने हुन्छ । संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव गर्नु पर्नेछ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?