१८ फागुन, अर्घाखाँची । पाणिनी गाउँपालिकाले पालिका अन्तरगतका स्वास्थ्य सेवा प्रदान गर्ने सेवा प्रदायक स्वास्थ्य सस्थाहरु अनुगमन गरेको छ ।
बिहिबार गाउपालिका अध्यक्ष टेकराज न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत हुमलाल भुसाल, स्वास्थ्य शाखा संयोजक शेषकान्त घिमिरे , सह संयोजक रामप्रसाद घिमिरे, आन्तरिक लेखा परिक्षक लगायतको टोलिद्वारा गाउँपालिका भित्र रहेका विभिन्न स्वास्थ्य संस्था तथा खोप केन्द्रमा अनुगमन गरिएको हो ।

खोप केन्द्रहरुबाट दिने सेवा प्रबाहको स्थिति, सेवाको गुणस्तरीयता , जनशक्ति ब्यबस्थापन , औसधि तथा खोप जन्य सामग्रीको आपूर्ति र खपतको अबस्था , खोप केन्द्रको भौतिक पुर्बाधारको अबस्था , सेवाको नियमितता ,सेवा प्रबाहमा देखिएका समस्या लगायतका कुरा बुझ्न अबलोकन तथा अनुगमन गरिएको पाणिनी गाउपालिका स्वास्थ्य शाखा सह( संयोजक राम प्रसाद घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार खिदिमको दुर्गाफाट खोप केन्द्र , पालिको बलेघाट खोप केन्द्र , मैदानको बहखोर खोप केन्द्र , मैदान स्वास्थ्य चौकि, पटौटि स्वास्थ्य चौकिमा अनुगमन गरिएको हो ।
स्वास्थ्य सेवा प्रदान गर्ने सेवा प्रदायक स्वास्थ्य सस्थाहरु अनुगमन तथा अवलोकन गरि सुधारगर्नुपर्ने कुराहरु पृस्ठपोशण दिइएको र आफूहरुले पनि मनन गरेको प्रमुख प्रशासकिय अधिकृत हुमलाल भुसालले जानकारी दिए ।














