रुपन्देहीमा एक युवाको हत्या : अर्घाखाँचीका ध्रुब बिसी सहित ३ जना पक्राउ

२५ फागुन, बुटवल । मंगलबार राती एक युबकको ढुङ्गाले हानेर हत्या भएको छ ।

रुपन्देहीको सैनामैना नगरपालिकामा एक युबकको ढुङ्गाले हानेर हत्या भएको हो । हत्या भएको व्यक्तिको सनाखत नहुदै प्रहरीले घटनामा संलग्नहरु ३ जनालाई नियत्रणमा लिएर अनुसुन्धान अगाडी बढाएको छ । युवकको हत्या गरी लुकिछिपी बसेका उनीहरुलाई सैनामैनाका विभिन्न ठाउँबाट प्रहरीले नियत्रणमा लिएको हो ।

प्रकाउ पर्नेमा सैनामैना नगरपालिका २ बस्ने शिशिर थारु, अघाँखाची घर भई सैनामैना २ बस्ने ध्रुब बिसी नवलपरासी बर्दघाट घर भई सैनामैना बावरी होटलमा काम गर्ने सन्दिप भन्ने शेर बहादुर बोहोरालाई प्रहरीले प्रकाउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार घटना हुने कारण मृतकसंग नगद भएको र उक्त नगद लुटने योजनामा युवकको हत्या भएको हुन सक्ने प्रारम्भिक अनुसन्धान रहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक दान बहादुर थापाले बताए । होटलमा केही बिवाद भएपछी ३ जना मिलेर हत्या गर्ने उद्देश्य सहित माथि एकान्तमा लगेर कुटपिट गरी ढुङ्गा र बोतलले टाउकोमा हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रकाउ परेका उनिहरुमाथि थप अनुसाधान जारी छ । बुधबार बिहान स्थानीयले खेतमा लाश देखेपछि इलाका प्रहरी कार्यालय रन्यौरालाई खबर गरेका थिए । खबर पछि प्रहरी घटनास्थल पुगेको थियो ।

प्रहरीले पत्रकार सम्मेलनमा हत्या गरिएका व्यक्तिको अझै सनाखत हुन नसकेको भन्दै घटना स्थलमा फेलापरेको सवको प्रकृति र उन्ले लगाएको पहिरन वारे जानकारी गराएको छ । मृतकले कालो जिन्सपाईन्ट, कालो सेतो रंङको जुता खेरो मोजा, दाया हातमा डोरो बाधेको उचाई करिब ५ फिट ३ ईन्च रहेको अन्दाजी ४० वर्षिय मंगोलियन अनुहारको पुरुष रहेकोले कोही आफन्तको यस्तो हुलिया भएको व्यक्ति हराएको भए नजिकको प्रहरी कार्यालय वा बुटवल ईलाका प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?