वडा प्रहरी कार्यालय बुटवल रामनगरकाे प्रमुखमा प्रहरी निरिक्षकक अर्जुन पौडेल

वडा प्रहरी कार्यालय बुटवल रामनगरमा प्रहरी निरिक्षककको रुपमा अर्जुन पौडेल सरुवा भएर आएका छन ।

शुक्रवार बुटवलका पत्रकारहरुसंग परिचयात्मक कार्यक्रम आयोजना गरी प्रहरी निरिक्षक पौडेलले यस क्षेत्रका समस्या गर्नु पर्ने काम केकसरी गर्ने कुन कुन विषयलाई प्राथमिकता दिने भन्ने वारे पत्रकारहरुसंग सुझाव लिएका थिए । सो अवसरमा पत्रकारहरुले यस क्षेत्रमा सुकुम्वासी बस्ती, लागु औषधको बढदो प्रयोग तथा खरिद विक्री, नदीजन्य पदार्थको चोरी निकाषी, रात्रीकालिन वजार बन क्षेत्रमा हुने चोरी लगायतका विषयलाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिएका थिए ।

सोही अवसरमा प्रहरी निरिक्षक पौडेलले पत्रकारहरुले दिएका सुझावलाई आत्मसाथ गरि यस क्षेत्रका नागरिक समाज, संघ संस्था , संचारकर्मीहरु र क्लबहरुसंग सहकार्य गरि यस क्षेत्रको शान्ति सुरक्षा कायम गर्न लागि पर्ने बताए ।

पछिलो समयमा बुटवलवाट प्रदेशको राजधानी सरेसंगै यस क्षेत्रमा व्यवसायीक रुपमा मन्दी आएकोले पनि सुकुम्वासी क्षेत्रमा बढी समस्या आउने तर्फ प्रहरी प्रशासन सजक हुन जरुरी छ ।पौडेल यसअघि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा अनुसन्धान अधिकृत थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?