अर्घाखाँची: पाणिनिको कृष्ण मा.वि.मा शुभकामना प्रदान कार्यक्रम सम्पन्न

अर्घाखाँची ।कृष्ण माध्यमिक विद्यालय पाणिनी-५, मैदानमा कक्षा ९ अध्ययनरत विद्यार्थीहरुले एस.इ.इ.परीक्षा दिने विद्यार्थीहरुलाइ शुभकामना प्रदान कार्यक्रम सम्पन्न गरेका छन् ।

कक्षा ९ मा अध्ययनरत छात्रा इन्दिरा वि.क.को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरुले विभिन्न मनोरन्जनात्मक कार्यक्रम समेत प्रस्तुत गरेका थिए। उक्त कार्यक्रममा शिक्षक भक्तबहादुर रेस्मीले विद्यार्थीहरुले एस.इ.इ.परीक्षामा उच्च अंक प्राप्त गर्नका लागि अबको छोटो समयलाई भरपुर सदुपयोग गर्न आग्रह गर्नुभएको थियो।

उक्त शुभकामना प्रदान कार्यक्रममा प्रमुख अतिथीसमेत रहेका विद्यालयका प्रधानाध्यापक टेकनारायण गैरेले विद्यालयले विद्यार्थीहरुको अध्ययन सहजीकरणका लागि परीक्षाकै दिनसम्म सशक्त ढङ्गले लाग्ने बताएका छन्। शिक्षण सिकाइ क्रियाकलापलाई प्रविधिमैत्री बनाउने सन्दर्भमा पनि आउँदा दिनमा अझै चुस्त ढंगले लाग्ने विषयमा समेत जानकारी गराएका थिए।

कार्यक्रमको सन्चालन छात्र विधान गैरेले गरेका थिए भने अन्य कक्षाका विद्यार्थीहरुको पनि बाक्लो उपस्थिति रहेको थियो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?