निभ र मसि जस्तै छ
कलम र कापि जस्तै छ
आँखा र आशु जस्तै छ
विगत र प्रेम
विगत लेखु त प्रेम देखिन्छ
प्रेम लेखु त विगत देखिन्छ
मलाई मात्र लेख्नु छ
मसि बिनाको निभले
आशु बिनाका ति
विगतहरु
प्रिय मलाई विगत लेख्यो
प्रेम लेखेन नभन है ।।
………………….बिजयीता भण्डारी













