नवलपरासी । एनएमबि बैंक लिमिटेड कुडिया सुस्ता शाखाले त्यहाँको जनता दलित आधारभुत विद्यालयलाइ कम्प्युटर तथा प्रीन्टर सहयोग हस्तान्तरण गरेको छ ।
एनएमबि बैंक लिमिटेडका कुडिया शाखा प्रबन्धक कुलप्रसाद गौतमले सुस्ता गाउपलिका अध्यक्ष टेकनारायण उपाध्याय, सो विद्यालयका अध्यक्ष बृजेस शाह एवं प्राचार्य उदय बहादुर रुचाललाइ सहयोग हस्तान्तरण गरेका थिए । विद्यालयको दैनिकी कार्यालय संचालनलाइ सजिलो, छिटोछरितो र सरल गर्न टेवा पुगोस् भन्ने हेतुले सहयोग हस्तान्तरण गरिएको बैंकका कुडिया शाखा प्रबन्धक कुलप्रसाद गौतमले बताए ।
बैंकको सामाजिक उत्तरदायित्य अन्तरगत सुस्ता गाउपालिका विकट ठाउँ नारायणी पारीको गाउँमा अवस्थित विद्यालयलाइ सहयोग गरिएको हो । सुस्ता गाउपालिकामा एक मात्र बैंक एनएमबि बैंक लिमिटेडले बैकिङ्ग सुबिधा प्रदान गर्दै आएको छ । एनएमबि बैंकले २०१७, २०१८, २०१९, २०२१ मा गरि ४ पटक बैंक अफ द इयर नेपाल तथा नेपालका बैंकहरुबाट पहिलोपटक एशिया महादेश भित्र रहेका बैंकहरुबाट २०२१ मा बैंक अफ द इयर एसियाको उपाधी चुम्न सफल भएको थियो ।













