अर्घाखाँची । नेपाली कांग्रेस पाणिनी गाउँपालिका ५ मैदान वडा कार्यसमितिको आतोजनामा शोक सभा सम्पन्न भएको छ ।
नेपाली कांग्रेस मैदान वडा कार्य समितिका पुर्व उपसभापति तथा क्षेत्रीय प्रतिनिधि नेत्र प्रसद गैरेको स्वर्गाहोरणको नबौ दिनको पुन्य तिथिको अवसर पारी गैरेको निवासमा शोक सभा सम्पन्न भएको हो ।
सभामा बोल्ने बक्ताहरुले गैरेको निदनले नेपाली कांग्रेसलाइ अतुलनीय क्षती भएको भन्दै शोक स्तब्ध परिवारजनमा समवेदना प्रकट गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री बिष्नु मुस्कान, प्रदेश सदस्री शान्ता भन्डारी, जिल्ला सभापती केशब श्रेष्ठ, पुर्व जिल्ला सभापती तथा महाधिवेशन प्रतिनिधि कमल भुसाल, जिल्ला सचिव अच्युत गौतम, कृष्ण खनाल, जिल्ला सदस्य, वडा समितिका पदाधिकारी, क्षेत्रीय समिती पदाधिकारी, पाणिनी गाँउपालिका समितिका पदाधिकारी, भातृ संगठनका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
गैरेको गत फागुन २६ गते ५९ बर्षको उमेरमा निधन भएको थियो ।













