मनाङ र सूदुरपश्चिम बुटवलमा भिड्दै

बुटवल । बुटवलमा जारी २२ औं सस्करणको तिलोत्तमा गोल्डकपको फाईनलमा सूदुरपश्चिम ११ र मनाङ मर्स्याङदी भिड्ने भएका छन ।

हिजो भएको दोस्रो सेमिफाईनल खेलमा मनाङ मर्स्याङदीले ४–३ गोल अन्तरले फ्रेण्ड्स क्लवलाई पराजित गरेको हो । निर्धारित ९० मिनेटको खेलमा २–२ को बराबरीमा खेल टुंगिएपछी खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । यो संगै पन्ध्रौ सस्करणको बिजेता समेत रहेको फ्रेन्ड्स क्लव सेमिफाइनल बाट नै बाहिरिएको हो । पेनाल्टी सुटआउटमा फ्रेण्ड्सका रुपेश केसी र डोना थापाले गोल गर्न नसक्दा क्लव बाहिरिएको हो ।

मनाङ मस्र्याङदी जियनाथ सेख,अजित गुरुङ,विसन गुरुङ र आशिष गुरुङले गोल गरेका थिए भने फ्रेण्ड्स क्लवका अमित तामङ,विदेशि खेलाडी टोरिक जिब्रन र उत्तम राईले गोल गरेका थिए ।

निर्धारित समयमा फ्रेण्डस क्लवका तर्फबाट २५ नम्बर जर्शिका बिदेशी खेलाडी रफिक अमेनुले खेलको ७ मिनेटमा नै गोल गरेका थिए। यस्तै खेलको २६ मिनेटमा २० नम्बर जर्शिका उत्तम राईले गोल गरेका थिए। पहिलो हापको ईजुरी समयमा मनाङ मर्स्याङदीका क्याप्टेन जर्शी नम्बर ४ का आशिष गुरुङले एक गोल गर्दै २–१ को अवस्थामा पुर्‍याएका थिए ।

दोस्रो हापको २ मिनेटमा नै मनाङ मर्स्याङदीका २१ नम्बर जर्शिका प्रशन्न श्रेष्ठले गोल गर्दै २–२को अवस्थामा पुर्‍याएका थिए ।

मनाङ मर्स्याङदी क्लवले नेपाल पुलिस क्लवलाइ २–१ गोलअन्तरले पराजित गर्दै मर्स्याङदी क्लव अन्तिम चारमा स्थान बनाएको थियो। क्वाटरफाईनलको खेलमा मनाङ मर्स्याङ्दीका लागि जर्शी नम्बर २१ का प्रशन्न श्रेष्ठ र जर्शी नम्बर १५ का चेतन कुमार थारुले एक एक गोल गरेका थिए नेपाल पुलिस क्लवका जर्शी नम्बर ९ का बुद्ध बल तामाङले एक गोल फर्काएका थिए। खेलमा मनाङ मर्स्याङदीका क्याप्टेन आशिष गुरुङ म्यान अफ द म्याच भई ११ हजार १ सय ११ रकम सहित यति हेल्मेट र करेन्ट चाउचाउ प्राप्त गरे। यसअघि बुधबार भएको पहिलो सेमिफाइनलमा खेलमा सूदुरपश्चिम ११ ले थ्री स्टार क्लवलाई १—० गोलअन्तरले पराजित गर्दै फाईनल प्रवेश गरेको थियो।

फाईनल खेल चैत ११ गते शनिबार हुनेछ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र रूपन्देही फुटबल संघको आयोजनामा सञ्चालित प्रतियोगितामा दुई विभागीयसहित ८ टिम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?