राज्यले सम्पन्न योजनाहरुको भुक्तानि समयमै नदिदा ब्यबसायिहरु मर्कामा छन् : अध्यक्ष भुसाल

अर्घाखाँची । नेपाल निर्माण ब्यबसायि सघ अर्घाखाँचीका अध्यक्ष बसन्त भुसालले निर्माण ब्यबसायिहरुले ठेक्काको काम सम्पन्न गरेका योजनाहरुको महिनौसम्म पनि राज्यले भुक्तानि दिन नसक्दा निर्माण ब्यबसायिहरु मर्कामा परेको बताएका छन् ।

नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकमा भनाइ राख्दै अध्यक्ष भुसालले नगरपालिका गाउँपालिकाहरुले बजेट बिना नै टेन्डर गराउने ठेक्का सम्झौता गराउने काम गराउने भुक्तानी दिने बेला बजेटको अभाव देखाउने गरेको कारण निर्माण ब्यबसायिहरु ठूलो मर्कामा पर्ने गरेको बताउदै अब त्यस्ता खालका गतिविधि तत्काल रोक्न र काम सम्पन्न भएका योजनाहरुको भुक्तानी छिटोभन्दा छिटो दिनका लागि सरकारसग माग गरेका छन् ।

भुसालले साना निर्माण ब्यबसायिहरुको हक अधिकारका लागि र ब्यबसायिहरुलाई माथि उठाउनका लागि आफुहरु सधैं लागि पर्ने बताउदै निर्माण ब्यबसायि राज्यका सारथि भएको तर राज्यले फरक देसको नागरिकलाई जस्तो ब्यवहार गर्ने गरेको गुनासो गरेका थिए ।

अध्यक्ष बसन्त भुसालको अध्यक्षता, महासचिव केसब रिजालको सन्चालन, सहअध्यक्ष कबिराम खनालको स्वागतबाट सुरु भएको बैठकमा सहअध्यक्ष कबिराम खनाल, उपाध्यक्ष खगिश्वर, बस्याल उपाध्यक्ष, काजि श्रेष्ठ, उपाध्यक्षहरु बिजय केसि, रामसिह खनाल, महासचिव केसब रिजाल, कोषाध्यक्ष कृष्णप्रसाद बस्याल, सह कोषाध्यक्ष प्रदिप अधिकारी लगाएत कार्यसमितिका सदस्यहरुले निर्माण ब्यबसायिहरुले भोग्नु परेका समस्या नयाँ गर्नुपर्ने कार्यदिशाका बारेमा भनाइ राखेका थिए ।

बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरु सार्वजनिक गरेको छ । बैठकले नारायण प्रसाद बन्जाडेको सयोजक रहेको ९ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ भने अध्यक्ष सहित पदाधिकारीहरु रहेको सचिबालय समिति गठन गरेको छ भने सुर्य प्रसाद भुसाललाई प्रेस सल्लाहकार तोकेको बैठक पछि महासचिव केसब रिजालले जानकारी दिए ।

बैठकले निर्माण ब्यबसायि सघ अर्घाखाँचीको भबनलाई स्तरउन्नति गरि ब्यबस्थित हल निर्माण गर्ने समेत निर्यण गरेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?