अर्घाखाँची । नेपाल निर्माण ब्यबसायि सघ अर्घाखाँचीको प्रेस सल्लाहकारमा सुर्य प्रसाद भुसाल चयन भएका छन् ।
नेपाल निर्माण ब्यबसायि सघ अर्घाखाँचीको आज बसेको पहिलो बैठकले सुर्य प्रसाद भुसाललाई प्रेस सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको महासचिव केसब रिजालले जानकारी दिए । भुसाल नेपाल प्रेश युनियन लुम्बिनी प्रदेशका सचिव हुन ।
यस्तै बैठकले नारायण प्रसाद बन्जाडे सयोजक रहेको ९ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ भने अध्यक्ष सहित पदाधिकारीहरु रहेको सचिबालय समिति समेत गठन गरेको महासचिव रिजालले जानकारी दिए ।
बैठकले निर्माण ब्यबसायि सघ अर्घाखाँचीको भबनलाई स्तरउन्नति गरि ब्यबस्थित हल निर्माण गर्ने समेत निर्यण गरेको छ ।













