कमला घिमिरे ,
अर्घाखाँची। छत्रदेव गाउपालिका वडा नम्बर ६ स्थित चौवाह सामुदायिक स्वास्थ्य इकाईको नवनिर्मित भवनको समुद्घाटन गरिएको छ ।
गत वर्ष देखी छत्रदेव गाउँपालिकाको प्रत्यक्ष लगानीमा सन्चालन हुँदै आईरहेको यस इकाईको नवनिर्मित भवनको छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले समुद्घाटन गरेका हुन् । कार्यक्रममा भवन निर्माणका लागि नि: शुल्क जग्गादान गर्नुहुने जग्गादाताहरुको एक सम्मान पनि गरिएको थियो ।
उक्त भवन निर्माणका लागी करिब २ रोपनी ४ आना जग्गा नि:शुल्क प्रदान (दान) गर्ने छत्रदेव गाउँपालिका वडा नं. ६ चौवा निवासी रविलाल पौडेल र छत्रदेव गाउँपालिका वडा नं.७ निवसी प्रेम प्रसाद पन्थिलाइ सम्मान गरिएको हो । भवन निर्माण का लागि नि:शुल्क जग्गा दन गर्नुहुने दानवीरद्वय पौडेल र पन्थीलाइ चौवाह सामुदायिक स्वास्थ्य इकाईले विशेष धन्यवाद ज्ञापन ब्याक्त गरेको छ।
साथै छत्रदेव गाउँपालिका वडा नं. ६ चौवाह र आसपासका क्षेत्रमा रहने नागरिकहरुको लागि पायकको क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउने स्वास्थ्य इकाईको लक्ष्यले पुर्णता पाउँदा अत्यन्तै हर्षित भएको चौवाह सामुदायिक स्वास्थ्य इकाईले बताएको छ ।
स्तरिय स्वास्थ्य सेवा गाउँमा नै दिनको लागि प्रयास गरिरहने भन्दै वडा अध्यक्ष कमल पौडेलले भोलिका दिनमा उक्त संस्थाको स्तरोन्नति गर्दै एउटा सुविधाजनक अस्पताल निर्माण गर्ने लक्ष्य रहेको पनि जानकारी दिए ।












