भरतपुर क्रिकेट रंगशालाको स्वामित्व लिएर निर्माण गर्ने सरकारको निर्णय

हिसाब फरफारक गर्न भरतपुर महानगरलाई १२ करोड दिइने

काठमाडौं । सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिएर निर्माण गर्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भरतपुर महानगरलाई १२ करोड रुपैयाँ दिएर रंगशाला निर्माणका क्रममा हालसम्मको हिसाब फरफारक गर्ने निर्णय गरेको छ ।

रंगशाला निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण सामग्री लगायतको १७ करोड बढी रकम भुक्तानी गर्न बाँकी छ । यो रकम कसले तिर्ने भन्ने विवादका कारण रंगशाला निर्माणको जिम्मा कसले लिने भन्ने अलमल लामो समय रह्यो ।

मन्त्रिपरिषदको निर्णयपछि अब भरतपुर महानगरले हिसाब फरफारक गर्नेछ । रंगशाला निर्माणको काम भने युवा तथा खेलकुद मन्त्रालयमार्फत अघि बढाउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । उनले भने, ‘निर्माण सम्पन्न भएपछि महानगरलाई हस्तान्तरण हुन्छ ।’
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?