लुम्बिनी पीस ओपन हाफ् म्याराथन प्रतियोगिताको तयारी पूरा

अहिलेसम्म ६० जिल्लाका २ हजार १ सय जनाले गराए नाम दर्ता

बुटवल । शान्ति र संवृद्धिका लागि खेलकुद भन्ने मूल नारासहित बुद्ध जन्मस्थलमा हुने लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगिताको तयारी पूरा भएको छ ।

अन्तराष्ट्रिय खेलकुद दिवसको अवसरमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले बिहीबार अर्थात् चैत २३ गते प्रतियोगिता आयोजना गरेको हो ।  देशभरका २ हजार ५ सय खेलाडी म्याराथनमा उत्रने अध्यक्ष ध्रुव आचार्यले बताए । अहिलेसम्म ६० जिल्लाका २ हजार १ सय जनाले नाम दर्ता गराएका छन् । प्रतियोगितामा  महिला र पुरुष दुवैको छुट्टाछुट्टै प्रतियोगिता हुने छ ।

बुद्ध जन्मस्थलमा रहेको शान्ति दीपमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दीप बालेपछि त्यही दीपसहित खेलाडीहरु म्याराथनमा उत्रनेछन् । मायादेवी प्रवेशद्धारबाट सुरु भएको म्याराथन पर्साचौकबाट पुन महिलबार हुदै २ फन्का लगाएर २१ किलोमिटरको दुरी पार गर्ने छ । म्याराथनको तयारी सकिएको अध्यक्ष आचार्यले बताए ।

प्रतियोगितामा पुरुषतर्फ पहिलो हुनेलाई १ लाख ५० हजार, दोस्रोलाई ७५ र, तेस्रोलाई ५० हजार रुपैया“ नगद पुरस्कार दिइने छ । महिलातर्फ पहिलो हुनेलाई १ लाख ५१ हजार, दोस्रोलाई ७५ हजार, र तेश्रो हुनेलाई ५० हजार रुपैया दिइने छ । दुवै विधामा दशौंसम्मका लागि नगद पुरस्कार राशीसंगै प्रमाणपत्र तथा मेडल प्रदान गरिनेछ ।

यसैसन्दर्भमा मंगलबार म्याराथनका लागि खट्ने स्वयमसेवकहरुको बैठकसमेत लुम्बिनीमा सम्पन्न भएको छ । कार्यक्रमलाई सभ्य र भब्य बनाउनेगरी सबै तयारी गरिएको अध्यक्ष आचार्यले बताए ।

 

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?