चितवनमा उस्तै छ रवि ‘क्रेज’

चितवन । चितवन–२ मा रास्वपा सभापति रवि लामिछाने, एमालेका रामप्रसाद न्यौपाने, नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ सहित २४ जना चुनावी मैदानमा छन्। तर, मुख्यगरी यी तीन जना उम्मेदवारबीच रोचक प्रतिष्पर्धा हुँदैछ।

न्यौपाने र श्रेष्ठ सोही क्षेत्रका युवा नेताहरू हुन् भने लामिछाने नयाँ उम्मेदवार हुन्। तर, त्यस क्षेत्रमा लामिछनेको चर्चा बढी छ।

मंसिर ४ गतेको निर्वाचनमा रास्वपा सभापति लामिछाने विजयी भएका थिए। उनी भारी मतान्तरका साथ विजयी भएका थिए। लामिछानेले ४९ हजार तीन सय मत पाएका थिए।

गठबन्धन नगरी चुनाव लडेका लामिछानेले कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीसहितको गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठ र नेकपा एमालेका कृष्णभक्त पोखरेललाई पराजित गरेका थिए। गठबन्धनको साथ पाउँदा पनि श्रेष्ठले जम्मा १४ हजार ९८८ र एमालेका पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए।

यसक्षेत्रमा गत मंसिरको निर्वाचनमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले नै सबैभन्दा बढी मत पाएको थियो। तर लामिछानेले पाएको भन्दा समानुपातिकमा रास्वापले झण्डै ४ हजार मत कम पाएको छ।

निर्वाचन आयोगको तथ्याङ्क अनुसार रास्वपाले ३५ हजार ९४५ मत, नेकपा एमालेले १६ हजार ७८४, कांग्रेसले १२ हजार १३२, माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले ८ हजार ४०७, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ हजार २१८ र नेकपा एकीकृत समाजवादीले ६१६ मत पाएका थिए। ​

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?