रूपन्देही । रूपन्देहीको सम्मरीमाई गाउँपालिकामा लागेको आगोबाट भएको क्षेतीप्रति जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवले दु:ख व्यक्त गरेका छन्।
सम्मरीमाईको वडा नं. ४ र ६ बिचगौरी, पोखरहवा, नगवलिया गाउँको दक्षिणी सिमानामा आगलागीबाट लगभग ९० बिगहा गहुँबाली जलेर नष्ट भएको घटना प्रति यादवले दुःख ब्यक्त गरेका हुन् ।
समाजिक सञ्जालमा लेख्दै यादवले मर्चवार क्षेत्रका पालिकाहरूमा जनप्रतिनिधिहरूले करोडौंका गाडी चढ्ने गरेको उल्लेख गर्दै आगो निभाउन एउटा भरपर्दो दमकल नहुँदा यस्तो घटनाबाट ठुलो जनधनको क्षेती भएको भन्दै राष्ट्रिय सचिव यादवले कटाक्ष गरेका छन् ।
यादवले जनमत पार्टी जनता र पिडित किसानहरूको पक्षमा रहेको भन्दै पिडित किसानहरुलाई यथाशीघ्र उचित क्षतिपुर्ति दिन माग गरेका छन् । किसानहरूलाई राहात दिलाउन जनमत पार्टीले पहल गर्ने समेत यादवले उल्लेख गरेका छन् ।













