भावना मगर/अर्घाखाँची
अर्घाखाँचीमा करेन्ट लागेर शनीबार एकजना बालक घाइते भएका छन् । जिल्लाको सन्धिखर्क नगरपालिका -१० अर्घा घर भएका शिव कुंवरको छोरा १५ वर्षीय हिम्मत कुंवर घर अगाडि खेल्दै गर्दा बिधुतको हाईटेन्सनको तारमा छुन गई करेन्ट लागेर घाइते भएका हुन् । उनको अहिले जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
घाइते बालकको हात र खुट्टामा असर परेको छ। घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्ण घिमिरेले जानकारी दिएका छन् ।












