पाणिनी-५, मैदानमा एकदिने महिला नेतृत्व विकास तालिम सम्पन्न

अर्घाखाँची ।
पाणिनि गाउँपालिकाको वार्ड नं. ५ मैदानमा एकदिने महिला नेतृत्व विकास सम्बन्धि तालिम सम्पन्न भएको छ। पाणिनि -५, वार्ड कार्यालयको आर्थिक सहयोग तथा पाणिनि पत्रकार समाजको सहजीकरणमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

लैङ्गिक विभेदलाई पूर्णतः निरुत्साहित गरी महिलाहरूलाई नेतृत्व लिन सक्षम बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको अध्यक्षता पाणिनि पत्रकार समाजका अध्यक्ष प्रकाश बेल्वासे ‘प्युठानी’ ले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथि पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने रहेका थिए।

आज सम्पन्न तालिम तथा प्रशिक्षण कार्यक्रममा प्रशिक्षकको भुमिका शिक्षक राजेन्द्र पौडेल र सीता बन्जाडेले निर्वाह गरेका थिए। महिलाहरूको बाक्लो उपस्थितिमा सञ्चालित उक्त कार्यक्रममा विशिष्ट अतिथि पाणिनी गाउँपालिकाका प्रशासकीय अधिकृत हुमलाल भुसाल, गाउँपालिका उपाध्यक्ष नर्मदा पौडेल, वडाअध्यक्ष इन्द्रमणि घिमिरे, समाचार पोष्ट डटकमका सम्पादक अनन्त प्रसाद घिमिरे, पाणिनि न्यूज डटकमका सम्पादक माधव बेल्वासे लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको आतिथ्य रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य राख्दै पत्रकार कमला घिमिरेले समाजमा रहेको लैङ्गिक विभेद अन्त्य गर्न सरोकारवाला कठोर भएर लाग्नुपर्ने बताएकी थिइन्। कार्यक्रमका अन्य वक्ताहरुले पनि महिला नेतृत्वका विषयमा खरो रुपमा विचार प्रस्तुत गरेका थिए।
कार्यक्रम पत्रकार भिम विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?