एजेन्सी । स्पेनिस ला लिगामा बार्सिलोना बराबरी रोकिएको छ।
गएराति बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउ क्याम्मा गिरोनाले बार्सिलोनालाई गोलरहित बराबरीमा रोकेको हो।
बराबरीपछि दुवैले एक एक अंक बाँडेका छन्। यो खेलपछि बार्सिलोनाको २८ खेलमा ७२ अंक भएको छ र बार्सिलोना शीर्ष स्थानमा कायम छ । बार्सिलोना दोस्रो स्थानमा रहेको रियल म्याड्रिडभन्दा स्पष्ट १३ अंकले अगाडी रहेको छ।
त्यसैगरी गिरोनाको २८ खेलमा ३५ अंक छ र लिगमा ११औं स्थानमा रहेको छ।












