अर्घाखाँचीको दुर्गाफाँटमा नेपाल ज्योतिष परिषद्को भब्य कार्यक्रम;ज्योतिष परिषद् पाणिनि गठन

अर्घाखाँची/पाणिनि
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका अन्तर्गत गाउँपालिकाको सभाहरूमा नेपाल ज्योतिष परिषद लुम्बिनी प्रदेश कार्यसमितिको आयोजनामा ज्योतिष सम्बन्धी विशेष कार्यक्रम सम्पन्न भएको छ। नेपाल ज्योतिष परिषद अर्घाखाँची जिल्ला कार्य समितिका अध्यक्ष मोतिराज शर्माको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली समाजमा रहेकोे ज्योतिष सम्बन्धी मान्यतालाई स्पष्ट पार्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो साथसाथै अर्घाखाँची जिल्लामा रहेका धार्मिक पौराणिक तथा सांस्कृतिक महत्वका स्थलहरुको बारेमा परिचित गराउँदै धार्मिक मूल्य र मान्यतालाई स्पष्ट रूपमा चिनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नेपाल ज्योतिष परिषद लुम्बिनी प्रदेश कार्यसमितिका उपमहासचिव अनन्तप्रसाद घिमिरेले बताएका छन्।

आज सम्पन्न कार्यक्रममा नेपाल ज्योतिष परिषद्,पाणिनि गाउँ कार्य समितिसमेत गठन गरिएको छ। हरिप्रसाद घिमिरेको अध्यक्षतामा गठित उपाध्यक्षमा कृष्णप्रसाद पौडेल,चन्द्रमणी घिमिरे,सचिब नन्दलाल वि.क.,कोषाध्यक्ष झविलाल पन्थी लगायत ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ।

आजको कार्यक्रमका प्रमुख अतिथि पाणिनि गाउँपालिकाका प्रमुख टेकराज न्यौपाने, विशिष्ट अतिथी प्रशासकीय अधिकृत होमलाल भुसाल, नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिका सचिब अर्जुनप्रसाद भट्टराई,नेपाल ज्योतिष परिषद् केन्द्रीय कार्य समिति फलित विभागका अध्यक्ष केशब गौतम,पाणिनि वार्ड न.८ का अध्यक्ष युवराज ज्ञवाली लगायत जिल्लाका विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेकोे थियोे।

कार्यक्रममा बोल्ने वक्ताहरुले पछिल्लो समय हिन्दु धर्म अप्ठ्यारो अवस्थामा रहेकोे र सनातन धर्मलाई संरक्षण र सम्बर्द्धन गर्नका लागि सबै जुट्नुपर्नेमा विशेष जोड दिएका थिए। कार्यक्रममा मन्तव्य राख्ने बक्ताहरुमा नेपाल ज्योतिष परिषद् लुम्बिनी कार्य समितिका उपमहासचिब अनन्तप्रसाद घिमिरे, प्रदेश कार्य समितिका सदस्य कौशल धामी,गाउँपालिका प्रमुख टेकराज न्यौपाने,प्रशासकीय अधिकृत हुमलाल भुसाल,पत्रकार महासंघका सदस्य घनश्याम पौडेल लगायत व्यक्तित्वहरु रहेका थिए।

कार्यक्रमको सन्चालन नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेशका महासचिव ढुण्डिराज ज्ञवालीले गरेका थिए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?