‘नाइँ नभन्नु ल ६’ वैशाख १५ मा आउने

काठमाडौं । फिल्म ‘नाइँ नभन्नु ल ६’ को नयाँ रिलिज मिति तय भएको छ । निर्माता तथा निर्देशक विकासराज आचार्यले वैशाख १५ गते फिल्म रिलिज गर्ने जानकारी दिए ।

वैशाख १ गते तय गरिएको पूर्वनिर्धारित प्रदर्शन रोकिएपछि ‘नाइँ नभन्नु ल’को छैटौं श्रृंखला दोस्रो साता आउन लागेको हो ।

सोही मितिमा ‘प्रसाद २’ र ‘कैदीको पत्र’ समेत आउने तय भइसकेको छ । ‘नाइँ नभन्नु ल ६’ आउने भएपछि ‘प्रसाद २’ सँग यसको बक्स अफिस प्रतिस्पर्धा हुनेछ । पाटन उच्च अदालतको आदेशपछि चैत २४ गते आउने तयारीमा रहेको ‘प्रसाद २’ रोकिएको थियो ।

वैशाख ८ गते सलमान खान स्टारर ‘किसीका भाइ किसीकी जान’, वैशाख २१ मा ‘ज्याकी : आईएम ट्वान्टी वान’ प्रदर्शन हुनेछन् । वैशाख २९ मा अहिलेसम्म कुनै फिल्मको प्रदर्शन तय भइसकेको छैन ।
spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?