अर्घाखाँची । जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोईरालाले जिल्लाको बसाईसराई र बैदेशिक रोजगारीका समस्या समाधानका निम्ती केही पनि गर्न नसकेको बताएका छन् ।
जिल्लाको शितगंगा नगरपालिका ४ सानादहमा दोस्रो शितगंगा कृषि पर्यटन तथा औधोगिक महोत्सवको उद्घाटन समारोहमा बोल्दै कोईरालाले यस्तो बताएका हुन् । उनले जिल्लाबाट बसाईसराई गरेर जानेहरुको लर्काे नै भएको भन्दै यो बिषय जिल्लाको समस्याको रुपमा बिकसीत हुदै गईरहेको बताए ।
जिल्लाका ग्रामिण क्षेत्रहरुमा बुढाबुढिहरु मात्रै भएको बताउदै उनले भने–“म जिल्ला समन्वयको कार्यालयमा बसीरहँदा मेरै अगाडीबाट दिनको ७०/८० जनाले पासपोर्ट बनाउने गरेका छन्, एउटा पंत्ती बसाईसराई गरेर गईरहेको छ भने अर्काे युवा पंत्ती जसले केही गर्छकी भन्ने आशा राखिएको हुन्छ, उ दिनको ८० ओटा पासपोर्ट बनाएर हिडिरहेको छ ।”
कोईरालाले बसाईसराई तथा बैदेशिक रोजगारीक समस्या जिल्लाको लागि बिडम्बना भएको बताए । “यसको समाधानका निम्ति हामिहरुले भाषण बाहेक केही गर्नै सकेका छैनौ, मञ्चमा बोल्दा अब गर्नुपर्छ भन्ने तर गर्ने केही पनि नाही” उनले भने ।
कार्यक्रममा सहभागि संघिय कृषी मन्त्री बेदुराम भुसाल र प्रदेश सांसद रामजि प्रसाद घिमिरेलाई यो समस्या समाधानका निम्ति पहल गर्न समेत कोइरालाले अनुरोध गरेका थिए ।













