चीनलाई एक लाख वटा बाँदर बेच्ने श्रीलङ्काकाे तयारी

एजेन्सी । श्रीलङ्काले चीनमा एक लाख वटा बाँदर निर्यात गर्ने तयारी गरेकाे छ ।

श्रीलङ्काले लोपोन्मुख छोटो पुच्छर भएको बाँदर (टोक मकाक) चीनलाई बेच्ने तयारी गरेकाे विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन्। याे बाँदरलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयूसीएन) ले सङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेकाे छ ।

श्रीलङ्काले प्राय सबै प्रकारका जीवित जनावरहरूको निर्यातमा प्रतिबन्ध लगाएको छ । पछिल्लाे समय खराब आर्थिक सङ्कटको सामना गरिरहेको श्रीलङ्काले बाँदर बिक्रीबाट अर्थतन्त्रमा केही योगदान पुग्ने आशा लिएकाे छ । बाँदर बिक्रीका लागि चीनबाट आएकाे प्रस्ताव सार्वजनिक गरिए पनि कति मूल्यमा बाँदर बेच्ने भन्नेबारे सार्वजनिक गरिएकाे छैन । श्रीलङ्काका कृषिमन्त्री महिन्दा अमरवीराले चीनमा चिडियाखानामा राख्नका लागि बाँदर लैजाने याेजना रहेकाे जनाउँदै यसबारे अध्ययनका लागि समिति गठन गरेकाे बताउनु भएकाे छ ।

अमरवीराले एएफपीसँग भन्नुभयो, ‘चीनमा रहेका एक हजारभन्दा बढी चिडियाखानाका लागि बाँदर लैजाने तयारी रहेकाे छ । मैले यसबारे अध्ययन गर्न र हामी यो कसरी गर्न सक्छौँ भनेर हेर्न एक समिति गठन गरेको छु ।’

बाँदरले कृषिबालीलाई क्षति पुर्याउने भएकाले तथा यिनिहरूको सङ्ख्या अत्यधिक भएका कारण श्रीलङ्कामा बाँदरलाई कृषकको शत्रुका रूपमा लिने गरिन्छ ।

श्रीलङ्काले यस वर्ष बाँदरका तीनवटै प्रजातिका साथै मयूर र जङ्गली बँदेललगायत थुप्रै प्रजातिलाई संरक्षित सूचीबाट हटाएको छ । श्रीलङ्काको पशु अधिकार समूह, ‘इन्भारोमेन्टल फाउन्डेसन’ले प्रस्तावित बिक्रीको आलोचना गर्दै ४० वर्षभन्दा बढी समयदेखि बाँदर (मकाक) को राष्ट्रव्यापी सर्वेक्षण नभएको र पहिले उचित जनसङ्ख्या अध्ययन गर्नुपर्ने जनाएकाे छ ।

फाउन्डेसनका जगत गुणवर्धनाले भन्नुहुन्छ, ‘मासु, चिकित्सा अनुसन्धान वा अन्य कुनै उद्देश्यका लागि वा अन्य कुनै कारण चीन किन यति धेरै बाँदर चाहन्छ भन्नेबारे हाम्रो जिज्ञासा छ । श्रीलङ्कामा बाँदर संरक्षित प्रजाति होइन, तर लोपोन्मुख जनावरको अन्तर्राष्ट्रिय सङ्कटापन्न वन्य जन्तुको सूचीमा पर्छ।’

आईयूसीएनको तर्फबाट भने तत्काल कुनै पनि प्रतिक्रिया आएको छैन । श्रीलङ्का सरकारको तथ्याङ्कमा ‘टोक मकाक’को सङ्ख्या २० लाखदेखि ३० लाखको बीचमा रहेकाे अनुमान गरिएको छ ।

 

spot_img
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?