नेपालीलाई भुटानी शरणार्थी बनाउने प्रकरण : अर्घाखाँचीमा कांग्रेस–एमालेको जुहारी

अर्घाखाँची । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै अवैध तरिकाले रकम असुली गर्नेमा अर्घाखाँचीका सांसद टोप बहादुर रायमाझी र उनका छोराको संलग्नता भएको खबरलाई लिएर जिल्लामा जुहारी चलेको छ ।

यो प्रकरणलाई लिएर नेपाली कांग्रेस र नेकपा एमालेबिच जुहारी चलेको हो । विज्ञप्ती मार्फत दुई दलबिच घोंचपेच भएको छ । चैत्र २९ गते कांग्रेसले विज्ञप्ती निकाल्दै यो घटनालाई गम्भिरता पुर्वक लिएको बताएको थियो ।

जिल्ला सभापती केशव श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तीमा रायमाझीको प्रत्यक्ष/अप्रत्यक्ष संलग्नता देखिएकाले यो घटना आपत्तीजनक रहेको उल्लेख छ । पटक पटक मन्त्री समेत भईसकेका व्यक्ती अमानविय क्रियाकलापमा संलग्न रहनु सिंगो जिल्लाका लागी दुखद कुरा रहेको विज्ञप्तीमा जनाईएको छ । राजनितिक आडमा गरिने बेथिती र भ्रष्टाचारको पर्दाफाश हुन जरुरी रहेको भन्दै कांग्रेस नेतृ सुजाता कोईराला नजिकका व्यक्तीहरुको समेत संलग्नता रहेको कुरा आएकोले छानबिन गरी कारवाहीको दायरामा ल्याउन कांग्रेस अर्घाखाँचीले माग गरेको छ ।

कांग्रेसले विज्ञप्ती निकालेको अर्को दिन ३० गते नेकपा एमालेले विज्ञप्ती जारी गर्दै कांग्रेसले आफ्नो नेतालाई अपराधी घोषणा गरेको भन्दै आपत्ती प्रकट ग¥यो । जिल्ला पार्टीले सांसद रायमाझी र उनका छोराको संलग्नता भएको खबरलाई निराधार र तथ्यहिन भनेको छ ।

एमाले विरोधीहरुले तथ्यहिन र भ्रमपुर्ण समाचार संप्रेषण गरेको भन्दै विरोधीहरुले मसालाको रुपमा लिएको जनाएको छ । एमालेका जिल्ला अध्यक्ष पिताम्बर भुसालद्वारा हस्ताक्षरित विज्ञप्तीमा एमालेका केन्द्रिय सचिव समेत रहेका रायमाझीमाथी सुनियोजित षड्यन्त्र भएको जनाईएको छ । एमालेका नेताहरुलाई खुईल्याउन सकिन्छ कि भनेर बेलाबेला यस्तो षड्यन्त्र भईरहेको भन्दै बदनाम गर्न प्रोपकाण्ड निकालिएको विज्ञप्तीमा उल्लेख छ ।

कांग्रेसले विज्ञप्ती जारी गरी सांसद रायमाझी सहित अमानविय कार्यमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याउन आग्रह गरेको थियो । त्यसको भोलिपल्ट (बिहिवार) एमालेले विज्ञप्ती जारी गर्दै यसलाई ‘सुनियोजित फण्डा’ भनेको छ । कांग्रेसले निकालेको विज्ञप्तीमा अपराधी घोषित गर्ने मनसाय देखिएको भन्दै उसले आपत्ती जनाएको छ ।

मिडियामा आएका आरोपहरुका सवालमा राज्यले उचित छानबिन गरी आरोप प्रमाणित भए कारवाही गर्न एमालेले माग गरेको छ । आरोप प्रमाणित गर्न नसके बदनाम गराउन उद्दत तत्वहरुलाई साईबर अपराध अन्तरगत कारवाहीको दायरामा ल्याउन आग्रह गरिएको छ ।

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग पैसा उठाउने गिरोहलाई सांसद रायमाझीले सहयोग गरेको खबर मिडियामा आएपछी कांग्रेस र एमाले बिच विज्ञप्ती मार्फत भनाभन भएको देखिन्छ । कांग्रेस रायमाझीलाई खुईल्याउने पक्षमा उद्दत देखिएको छ भने एमाले आफ्ना सांसदको बचाउमा उभिएका छन् ।

जिल्ला सभापती केशव श्रेष्ठले कसैलाई खुईल्याउने विषय नभएको भन्दै सत्यतथ्य छानबिन गरि कारवाही गरिनु पर्ने बताए । आफ्नै पार्टीको सांसदको समेत नाम मुछिएको भन्दै उनले यस्ता अमानविय कार्यमा संलग्न जो कोहीलाई कारवाही गर्नुपर्ने उनको भनाई छ । ‘कसैलाई खुईल्याउने कुरा छैन,उनले भने,‘विज्ञप्तीमा प्रष्ट भनिएको छ आफ्नै पार्टीको सांसद संलग्न भएपनि कारवाही हुनुपर्छ ।’

यता एमालेका जिल्ला अध्यक्ष पिताम्बर भुसालले राज्यले छानबिन गरेर अपराध पुष्टी भए कारवाही हुनुपर्ने भन्दै पुष्टी हुनु अगावै कांग्रेसले अपराधी घोंषणा गरेकोमा आपत्ती रहेको बताए । ‘हामीले माननियको बचाउ गरेका हैनौं,उनले भने,‘तर अपराध पुष्टी नहुँदै प्रहार गर्नु गलत हो ।’

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
लक्ष्मण घिमिरे
लेखकको बारेमा

लक्ष्मण घिमिरे

बिगत लामाे समय देखी अर्घाखाँचीमा सकृय पत्रकारीता गर्दै आएका घिमिरे समाचारपाेष्ट डटकमका बरिष्ट संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?