काठमाडौं । रूपन्देहीका प्रतिष्ठित व्यवसायी योगेश घिमिरे जनसेवा श्री सम्मानबाट विभूषित भएका छन् ।
शितलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलबाट उनी सम्मानित भएका हुन्हु । घिमिरे व्यवसायको माध्यमबाट समाजसेवामा क्रियाशील छन् । मोफसलकै उत्कृष्ट शिक्षा सेवा प्रदान गरिरहेको लुम्बिनी वोर्ल्ड स्कुलका अध्यक्ष रहेका उनी सिद्धनाथ ग्यास उद्योगका सञ्चालक हुन् ।
उनी बुटवल भैरहवामा विभिन्न ब्राण्डका गाडीहरुको आधिकरिक बिक्रेताका रूपमा रहेका छन् । विभिन्न ठाउँहरूमा पेट्रोल पम्पहरु समेत छन् । घिमिरेले थुप्रै व्यक्तिहरूलाई तालिम प्रदान गर्दै स्वरोजगार बनाएका छन् । निजि क्षेत्रको माध्यमबाट मुलुकको विकासमा उनको उच्च खालको योगदान रहेको अन्य व्यवसायीहरूले बताउँछन् ।
उनले अन्य थुप्रै व्यवसायीक प्रतिष्ठानहरू खोल्ने तयारीमा रहेको बताए । “मलाई यो सम्मानले पेशा प्रति झनै बढि जवाफदेही र उत्तदारदायि बनाएको छ ।” उनले भने । “सम्मानको महत्व र गरिमालाई सधै बचाइराख्ने छ ।”
उनले मुलुकमा देखिएको आर्थिक संकट कम गर्नाका लागि निजि क्षेत्र र सरकार बीच सहकार्य आवश्यक भएको बताए । घिमिरेले व्यवसायीका समस्या प्रति सरकार गम्भीर हुनुपर्ने भन्दै विभिन्न खाले प्रोत्साहन र सहुलियत प्रदान गर्नुपर्ने बताए ।














