युक्रेनको स्लोभ्यान्स्कमा रुसको आक्रमण : ८ जनाको ज्यान गयो, २१ जना घाइते

रुसले युक्रेनको पूर्वीडोनबास क्षेत्रको स्लोभ्यान्स्कमा आक्रमण गरेको छ । घटनामा दुई वर्षीय बालकसहित ८ जनाको ज्यान गएको छ ।

२१ जना घाइते भएका समाचार संस्था अल जजिराले जनाएको छ । आक्रमणमा केही नागरिक बेपत्ता भएका खबरमा उल्लेख छ ।

ठूला भवनका भग्नावशेषमा अझै केही मानिस फसेको हुन सक्ने आशङ्कामा खोजी भैरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएको छ । साथै उहाँले आक्रमणको निन्दा पनि गर्नुभएको छ ।

रुसी सेनाले ५ वटा घर, अपार्टमेन्ट र विद्यालयलाई लक्षित गरेर विस्फोट गराएको युक्रेनको दाबी छ । रुसले अघिल्लो वर्ष फेब्रुअरीदेखि युक्रेनमा निरन्तर आक्रमण गर्दै आएको छ ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?