बुटवल । एनएमबि बैंक लुम्बिनी प्रदेशले सम्पदा यात्रा (हेरिटेज वाक) २०२३ कार्यक्रम सप्पन्न गरेको छ ।
विश्व सम्पदा दिवस २०२३ को अवसरमा एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख नविन बिष्टको नेतृत्वमा बैंकका कर्मचारीहरुको सहभागीतामा हेरिटेज वाक कार्यक्रम सम्पन्न भएको हो ।
करिब १०० जना कर्मचारीको सहभागीता रहेको कार्यक्रममा सहभागीहरुले साँस्कृतिक सम्पदालाई आफ्नो बच्चालाई जत्तिनै माया गरौं, यो मेरो साँस्कृतिक सम्पदा हो यसलाई म सफा राख्छु, साँस्कृतिक सम्पदा संरक्षण भावी सन्ततीको लागी मार्गदर्शन, अतिथीको सम्मानार्थ साँस्कृतिक सम्पदाको जगेर्ना लगायतका नारा अंकित प्लेकार्डहरु बोकेका थिए ।

बुटवल ट्राफिकचोक स्थित एनएमबि बैकको कार्यालयबाट शुरु भएको सम्पदा पदयात्रा बुटवलको राममन्दिर लाइन, सङ्गमपथ, जेसीज चोक, हाटबजार, अमरपथ, ब्लड बैंक , नेपालगन्ज रोड हुदै कालिका मन्दिर पुगेर समापन भएको थियो ।
कार्यक्रममा बोल्दै एनएमबि बैंकका लुम्बिनी प्रदेश प्रमुख नबिन बिष्टले एनएमबि बैंकले २०११ देखि सम्पदा संरक्षण सम्बन्धि सचेतना जगाउने, सम्पदा संरक्षण गर्ने र नयाँ पुस्तामा सम्पदाको महत्त्व एवं जानकारी गराउने उदेश्यले हेरिटेज वाक कार्यक्रम गर्दै आएको र तदअनुरुप आफुहरुले यसपटक पनि हेरिटेज वाक २०२३ कार्यक्रम गरेको जानकारी दिए । उनले प्राकृतिक सम्पदा, मानवनिर्मित सम्पदा र परम्परागत सस्कृतिलाइ महत्त्व दिदै बुटवल स्थित कालिका मन्दिर सम्म पदयात्रा गरिएको बताए ।

कार्यक्रममा एनएमबि बैंकका कर्मचारीले कालिका मन्दिर परिसरमा सरसफाइ गरेका थिए। साथै एनएमबि बैंकको तर्फबाट प्रदेश प्रमुख नविन बिष्टले कालिका मन्दीरलाइ डस्टबिन, कुचो लगायतका सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेश कार्यालयका जोखिम प्रबन्धक कमल न्यौपाने, क्षेत्रीय प्रबन्धक युवराज पाठक, संचालक प्रबन्धक सुन्दर थापा लगायत प्रदेश कार्यालयका कर्मचारीहरु, शाखा प्रबन्धकहरु एवं कर्मचारीहरुको सहभागीता रहेको थियो ।

एनएमबि बैंक विगत २६ वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क”वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर नेपाल प्राप्त गरि सकेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।












