प्रधानमन्त्रीले मागे कांग्रेससँग चार मन्त्रीको नाम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँग बाँकी रहेका मन्त्रीको नाम मागेका छन्।

शनिबार बिहान बालुवाटारमा सत्ता गठबन्धनका तीन नेताबीचको बैठकमा प्रधानमन्त्री प्रचण्डले कांग्रेसका भागमा परेका चार मन्त्रीको नाम दिन सभापति शेरबहादुर देउवासँग आग्रह गरेका हुन्।

कांग्रेसको भागमा परेका ८ मध्ये चार वटा मन्त्रालय स्वास्थ्य, परराष्ट्र, न्याय र खेलकुद मन्त्रालयमा मन्त्रीको नाम पठाउन सकेको छैन।

कांग्रेसभित्रको आन्तरिक किचलोले गर्दा सभापति देउवाले मन्त्रीको नाम पठाउन ढिलाई गर्दै आइरहेका छन्। कांग्रेसले नाम दिए आइतबारसम्म मन्त्रिमण्डललाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी छ।

‘कांग्रेसको भागमा परेका मन्त्रालयमा मन्त्रीको नाम पठाए आइतबारसम्म मन्त्रिमण्डल विस्तार गर्ने तयारी छ। आज प्रधानमन्त्रीज्यूले नाम माग्नुभएको छ,’ प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने।

प्रधानमन्त्रीको काँधमा अहिले पनि ६ वटा मन्त्रालय रहेका छन्। त्यसमध्ये ४ मन्त्रालय कांग्रेस, एक जसपा र एक प्रभु साह वा अमरेशकुमार सिंहमध्येबाट मन्त्री बनाउने उनको तयारी छ।

सभापति देउवाले एकलौटी निर्णय गरेर इतर समूहलाई हैसियतअनुसारको जिम्मेवारी नदिएको डा. शेखर कोइराला समूहको आरोप छ। कोइराला समूहले तीन मन्त्रालयमा दाबी गरेको छ। तर, देउवाले दुई मन्त्रालय दिएपछि कोइराला समूह असन्तुष्ट छ।

सभापति देउवाले उपप्रधानमन्त्रीसहित रक्षामा उपसभापति पूर्णबहादुर खड्का, अर्थमा प्रवक्ता डा. प्रकाशशरण महत, शहरी विकासमा सीता गुरुङ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा रमेश रिजाललाई पठाएका छन्।

यस्तै जनता समाजवादी पार्टीले पाएको दुईमध्ये शिक्षा मन्त्रालयमा अशोक राईलाई पठाए पनि एक मन्त्रालयमा मन्त्री पठाउन बाँकी छ। जसपाले आफूले पाएको वन तथा वातावरण मन्त्रालयमा मन्त्रीको नाम दिन सकेको छैन। यस्तै जनमत पार्टीले छोडेको खानेपानी मन्त्रालय पनि रिक्त छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?