दिब्या भुषाल,
अर्घाखाँची । शनिवार लाेकप्रिय लाेक तथा दाेहाेरी गायक खेम सेन्चुरीले अर्घाखाँचीस्थीत नेपाल कै प्रशिद्द धार्मिक तथा पर्यटकीय स्थल सुपा देउराली मन्दिरकाे दर्शन गरेका छन् ।
शितगङ्गामा जारी दोस्रो कृषि तथा पर्यटन महोत्सवमा अर्घाखाँची आएकाे माैका परी उनी सुपा देउराली पुगे । जव उनी मन्दिर पुगे तव उनका फ्यानहरूकाे सेल्फी खिचाउने भिड नै लाग्याे । सेल्फीले मात्र कहाँ पुग्याे र टिकटक पनि उत्तीकै बने । बच्चा देखी युवा युवतीसम्मकाे टिकटक बनाउने र सेल्फी लीने भिडले गर्दा सेन्चुरीलाई उम्किन गाह्रो भएको थियो ।
कार्यक्रमको व्यस्तता भएता पनि छोटो समय निकालेर मन्दिर पुगेका सेन्चुरीले सेल्फि कार्यक्रमपछि भने ‘जहाँ पुगेपनि दशर्क श्राेताहरूकाे माया पाइरहेकाे हुन्छु, मैले गर्ने सृजनाहरू मन पराइदिनु भएकाे छ । याे माया स्नेह संगै दर्शकको अपेक्षा पनि मसँग छ त्याे अपेक्षा पुरा गर्ने काेषिस गर्ने छु।’
कला त छदै छ, सबैसंग सरल र नम्र स्वभाबका धनि सेन्चुरीलाइ जता पुगेपनि दशर्ककाे भिडले कहिले छाेड्दैन् । सेन्चुरी सचिवालयका बिनोद बाबुका अनुसार सेन्चुरीलाई भेटेर फोटो खिच्नका लागि घण्टौँसम्म पनि लाइन लाग्ने र पर्खनेको सङ्ख्या धेरै हुनेगरेको छ । महोत्सव र स्टेज कार्यक्रममा कहिलेकाहीँ स्टेजबाहिर निस्कँदा भिड थेग्न नसक्ने अवस्था हुनेगरेको छ बिनाेद बताउछन् ।

























