संस्कार र संस्कृति युग अनुसार बदलिनु जरुरी हुन्छ : राज्यमन्त्री सिर्पाली

काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले संस्कार र संस्कृति युग अनुसार बदलिनु पर्ने बताएकी छन् ।

कला, साहित्य र सांस्कृतिक मोर्चाका विभिन्न क्षेत्रबाट सरकारी जिम्मेवारीमा गएका कलाकर्मी, साहित्यकर्मी र सांस्कृतिकमीहरुलाई गरिएको सम्मान तथा तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै राज्यमन्त्री सिर्पालीले समाजका हरेक वस्तु परिवर्तसिल भए जस्तै संस्कार र संस्कृतिहरुलाई पनि सचेतता पुर्वक बदल्नु पर्ने बताएकी हुन् ।

जनसांंस्कृत महासंघ नेपालको आयोजनामा गरिएको सम्मान तथा नयाँ वर्ष २०८० को अवसरमा आयोजना गरीएको कार्यक्रममा राज्यमन्त्री सिर्पाली ठकुरीले यस्ताे बताएकी हुन् । कार्यक्रममा बोल्ने क्रममा राज्यमन्त्री सिर्पाले नेपालमा पछिल्लो लामो समयसम्म सामन्ती राज्य व्यवस्था रहेकोले नेपाली वर्तमान समाजमा पनि परम्परागत रुपमा सामन्ती संस्कार रहेकोले त्यो पुरानो सामन्तवादी संस्कार र संस्कृति हटाउदै नयाँ राज्यसंरचना अनुसार संस्कार र संस्कृति पनि परिवर्तन गर्नुपर्ने बताएकी हुन् ।

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको सभाहलमा भएको उक्त कार्यक्रममा नेपाल नाटयकला प्रज्ञा प्रतिष्ठान, नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, भाषा आयोग, सेन्सर बोर्ड, फिल्म बोर्ड लगाएतका विभिन्न कला र संस्कृति सम्बन्धी विभिन्न सरकारी निकायहरुमा नयाँ जिम्मेवारी प्राप्त गर्नु हुने कला तथा संस्कृतिकर्मीहरुलाई सफल कार्यकालको शुभकामना सहित सम्मान पत्रप्रदान गरीएको जनसास्कृतिक महासंघका केन्द्रीय कार्यवाहक अध्यक्ष भिम कुमाखीले बताए ।

यसै गरी कार्यक्रमलाइ सम्बोधन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले प्रज्ञा प्रतिष्ठानको ६५ वर्षीय ईतिहासमा पहिलो पटक नयाँ केही गर्नु पर्दछ भन्ने विचारको नेतृत्व पाएको बताए । यो चुनौतीपुर्ण अवसरको रुपमा लिईएको बताए ।

नेपालमा अहिले पनि महेन्द्रबादी राष्टवादी संस्कृति हावि रहेको भन्दै सामन्ति संस्कृति र गणतान्त्रीक संस्कृतिमा के फरक हुन्छ भन्ने गरेर देखाउने बेला आएको बताए । अहिले संविधानमा समाजवाद उन्मुख भनि लेखीएको छ नेपाली समाजमा परम्परागत सामन्ती संस्कृतिका काधारमा ब्याहार हुने गरेको भन्दै यो परम्परागत पुरातनबादी संस्कार र संस्कृति सचेततापुर्वक बदलनु जरुरी भएको बताए ।

भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरको अध्यक्षतामा भएको उक्त कला र साहित्यकर्मीहरुको सम्मान कार्याक्रममा विभिन्न संस्थामा नयाँ जिम्मेवारी पाउनुहुने तीन दर्जन भन्दा बडि कलाकर्मीहरुलाई कदरपत्र प्रदान गरीएको थियो ।

तस्विरः राज्यमन्त्रीको सचिवालय ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?