संस्कार र संस्कृति युग अनुसार बदलिनु जरुरी हुन्छ : राज्यमन्त्री सिर्पाली

काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले संस्कार र संस्कृति युग अनुसार बदलिनु पर्ने बताएकी छन् ।

कला, साहित्य र सांस्कृतिक मोर्चाका विभिन्न क्षेत्रबाट सरकारी जिम्मेवारीमा गएका कलाकर्मी, साहित्यकर्मी र सांस्कृतिकमीहरुलाई गरिएको सम्मान तथा तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै राज्यमन्त्री सिर्पालीले समाजका हरेक वस्तु परिवर्तसिल भए जस्तै संस्कार र संस्कृतिहरुलाई पनि सचेतता पुर्वक बदल्नु पर्ने बताएकी हुन् ।

जनसांंस्कृत महासंघ नेपालको आयोजनामा गरिएको सम्मान तथा नयाँ वर्ष २०८० को अवसरमा आयोजना गरीएको कार्यक्रममा राज्यमन्त्री सिर्पाली ठकुरीले यस्ताे बताएकी हुन् । कार्यक्रममा बोल्ने क्रममा राज्यमन्त्री सिर्पाले नेपालमा पछिल्लो लामो समयसम्म सामन्ती राज्य व्यवस्था रहेकोले नेपाली वर्तमान समाजमा पनि परम्परागत रुपमा सामन्ती संस्कार रहेकोले त्यो पुरानो सामन्तवादी संस्कार र संस्कृति हटाउदै नयाँ राज्यसंरचना अनुसार संस्कार र संस्कृति पनि परिवर्तन गर्नुपर्ने बताएकी हुन् ।

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको सभाहलमा भएको उक्त कार्यक्रममा नेपाल नाटयकला प्रज्ञा प्रतिष्ठान, नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, भाषा आयोग, सेन्सर बोर्ड, फिल्म बोर्ड लगाएतका विभिन्न कला र संस्कृति सम्बन्धी विभिन्न सरकारी निकायहरुमा नयाँ जिम्मेवारी प्राप्त गर्नु हुने कला तथा संस्कृतिकर्मीहरुलाई सफल कार्यकालको शुभकामना सहित सम्मान पत्रप्रदान गरीएको जनसास्कृतिक महासंघका केन्द्रीय कार्यवाहक अध्यक्ष भिम कुमाखीले बताए ।

यसै गरी कार्यक्रमलाइ सम्बोधन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले प्रज्ञा प्रतिष्ठानको ६५ वर्षीय ईतिहासमा पहिलो पटक नयाँ केही गर्नु पर्दछ भन्ने विचारको नेतृत्व पाएको बताए । यो चुनौतीपुर्ण अवसरको रुपमा लिईएको बताए ।

नेपालमा अहिले पनि महेन्द्रबादी राष्टवादी संस्कृति हावि रहेको भन्दै सामन्ति संस्कृति र गणतान्त्रीक संस्कृतिमा के फरक हुन्छ भन्ने गरेर देखाउने बेला आएको बताए । अहिले संविधानमा समाजवाद उन्मुख भनि लेखीएको छ नेपाली समाजमा परम्परागत सामन्ती संस्कृतिका काधारमा ब्याहार हुने गरेको भन्दै यो परम्परागत पुरातनबादी संस्कार र संस्कृति सचेततापुर्वक बदलनु जरुरी भएको बताए ।

भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरको अध्यक्षतामा भएको उक्त कला र साहित्यकर्मीहरुको सम्मान कार्याक्रममा विभिन्न संस्थामा नयाँ जिम्मेवारी पाउनुहुने तीन दर्जन भन्दा बडि कलाकर्मीहरुलाई कदरपत्र प्रदान गरीएको थियो ।

तस्विरः राज्यमन्त्रीको सचिवालय ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?