‘केजीएफ ३’ बन्ने, आगामी वर्षदेखि छायांकन हुने

काठमाडौं । केजीएफ फ्रेन्चाइजी भारत मात्र नभएर नेपालमा समेत उत्तिकै रुचाइएको फिल्म हो । यसका अघिल्ला दुवै शृंखलाले नेपाली बक्स अफिसमा समेत उधुम कमाइ गरे । फ्यानहरु तेस्रो श्रृंखलालाई लिएर अधैर्य छन् । गत वर्ष रिलिज भएको दोस्रो अध्यायले विश्व बक्सअफिसमा हजार करोड भारु कमायो ।

त्यसयता यो भारतीय फिल्ममा परिवर्तनकारी घटना बनिसकेको छ । केजीएफ च्याप्टर दुई रिलिज भएको एक वर्ष पूरा भएको छ र निर्माण कम्पनी हमबेल पिक्चर्सले तेस्रो श्रृंखला बनाउने संकेत गरेको छ । आउँदो वर्षदेखि सम्भवतः यो फिल्मको सुटिङ सुरु हुने जनाइएको छ ।

निर्माण कम्पनीको हालैको एक भिडियोको क्याप्सन छ, ‘सबैभन्दा शक्तिशाली व्यक्तिले राखेको सबैभन्दा शक्तिशाली प्रतिबद्धता भाइरल भइरहेको छ र सबै राम्रो कारणका लागि ।’ नयाँ अपडेटले केजीएफ ३ सुरु भएको संकेत मिल्छ । भिडियोमा लेखिएको छ, ‘केजीएफ २ ले हामीलाई चरित्रको बृहत र अविस्मरणीय यात्रामा पु¥यायो । विश्वव्यापी रेकर्ड तोड्न र मन जित्न यसले भूमिका खेल्यो । अब आगामी वर्ष उत्कृष्ट कथावाचनको वर्ष हुनेछ ।’

निर्देशक प्रशान्त नीलले पनि सन् २०२५ मा फिल्म प्रदर्शन हुने बताइसकेका छन् । तर यशले चाहिं केजीएफ २ पछि फिल्मलाई औपचारिक प्रतिक्रिया दिइसकेका छैनन् । उनी पछिल्लो समय आफ्ना व्यक्तिगत काममा बढी केन्द्रित छन् । केजीएफ २ प्रदर्शन भएको वर्षगाँठमा यो महिनादेखि यशको नयाँ फिल्मको निर्माण पनि सुरु हुँदैछ । निर्देशक नील चाहिं ‘सालार’मा व्यस्त छन्, जसमा प्रभास, श्रुति हसन र सुकुमारन शीर्ष भूमिकामा देखिनेछन् । सालार चाहिं यो वर्षको अन्त्यबाट छायांकन हुने जनाइएको छ ।

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?