ज्योतिष परिषद् वागमती प्रदेश समितिद्वारा २०८० सालको भित्तेपात्रो विमोचन

काठमाडौं ।   नेपाल ज्योतिष परिषद बागमति प्रदेश समितिद्वारा प्रकाशित भित्ते पात्रोको लोकार्पण कार्यक्रम परिषदको केन्द्रीय कार्यलय डिल्लीबजार काठमाडौमा सम्पन्न भएको छ ।

प्रदेश अध्यक्ष बिष्णु प्रसाद तिमल्सिनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल ज्योतिष परिषदका संस्थापक अध्यक्ष एवम् विश्व ज्योतिष महासंघका अध्यक्ष डा.लोकराज पौडेल, विशिष्ट अतिथि नेपाल ज्योतिष परिषद्का केन्द्रीय अध्यक्ष माधबराज पाण्डे , उपाध्यक्ष लेखानाथ न्यौपाने, महासचिव कमल प्रसाद काफ्ले, उपमहासचिवद्व्य लिलाराज शर्मा,वेदराज पन्त, वरिष्ठ केन्द्रीय सदस्य लक्ष्मण पन्थी, केन्द्रीय सदस्य खिलनाथ काफ्ले, जितेन्द्रकुमार शर्मा, शिवलाल पौडेल, बद्रीप्रसाद अर्याल, विश्व ज्योतिष महासंघका केन्द्रीय सचीव पामिस्ट चिन्तामणी पोख्रेल, दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालका उपसभापति डा.युवराज कोइराला लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा काठमाडौ जिल्ला अध्यक्ष माधव पौडेल, ललितपुर जिल्ला अध्यक्ष शुभदृका शर्मा राजोपाध्याय, काभ्रे जिल्ला अध्यक्ष कृष्ण प्रसाद शर्मा दाहाल, सिन्धुपाल्चोक जिल्ला अध्यक्ष गणेश पौडेल लगायतको पदाधिकारिहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा नेपाल ज्योतिष परिषदका केन्द्रिय वरिष्ठ सदस्य लक्ष्मण पन्थिले पात्रो प्रकाशनका क्रममा नेपाल पन्चाङ्ग निर्णय विकास समितिले किनारा लगाएकोमा खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो । प्रमुख अतिथि डा.लोकराज पौडेलले ज्योतिष पेशागत सम्पुर्ण संघ सस्थाका महानुभाबहरुले समस्या लिएर आउनुभएका सेवाग्राहीका समस्याहरुलाइ उचित र शास्त्रगत तबरबाट हल गरिदिनु र संस्था चलायमान बनाउन सबैले हातमा हात -साथमा साथ दिएर अगाडि बढ्नमा जोड दिनुभयो । साथै केन्द्रीय अध्यक्ष ज्योतिषी माधवराज पाण्डेले संगठनमा लाग्नुहुनेलाई कहि कतै अफ्ठ्यारा बाधा आइ परेमा छाता संगठनलाई सम्झनुहुन र संस्थाको नियम कानुनलाइ अक्षरस: पालाना गर्नुहुन आग्रह गर्नुभयो ।

नयाँ बर्ष २०८० सालको क्रममा एक अर्काप्रती शुभकामना आदानप्रदान गरि समापन भएको कार्यक्रम प्रदेश अध्यक्ष विष्णुप्रसाद तिम्ल्सिनाको अध्यक्षता, महासचिव दिपक शर्मा दाहालको स्वागत मन्तव्य एवम् कोषाध्यक्ष भिमप्रसाद पौडेलको सन्चालनमा सम्पन्न भएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?