जीवन घिमिरे
कपिलबस्तु । कपिलबस्तुको बाणगंगा ८ बोडगाउमा गाडी दुर्घटना हुदा एक जना घाइते भएका छन् ।
पश्चिमबाट पुर्व जाँदै गरेको बा ८ च ७४०० नम्बरको कार र बिपरित दिशाबाट आउदै गरेको लु १५ प ८११ नम्बरको बाइक आपसमा ठोकिदा बाइक चालक घाइते भएका हुन् ।
घाइतेलाइ ४ नम्बर जितपुरमा रहेको सामुदायिक हस्पिटलमा उपचारलाई पठाइएको छ ।
थप बिवरण आउन बाँकी छ।













