अर्घाखाँची : पाणिनि-५, मैदानमा वृहत् लोक-भजन प्रतियोगिता सम्पन्न

अर्घाखाँची । बैदिक सनातन धर्म सेवा समाज अर्घाखाँचीको आयोजनामा पाणिनि-५ मैदानमा वृहत् लोकभजन प्रतियोगिता सम्पन्न भएको छ। लोक संस्कृतिको संरक्षण एवं सम्बर्द्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

पणिनि गाउँपालिका स्तरीय लोक भजन प्रतियोगितामा सहभागि हुनकालागि गाउँपालिका भित्रका विभिन्न भजन समूहहरूको उपस्थिति रहेको थियो । गाउँपालिका भित्रका जम्मा ६ वटा समूहहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम निकै रोचक र नौलो प्रकृतिको रहेको दर्शकहरूले बताएका छन् ।

आज सम्पन्न लोकभजन प्रतियोगितामा प्रथम पाणिनी-४ को भजन समूह, द्वितीय स्थान पाणिनी-७ को भजन समूह, तृतीय स्थान पाणिनी-४ धातिवाङ्गको समूह र सान्त्वना स्थान पाणिनी-५ को झुमादेवी भजन समूहले प्राप्त गरेको थियो। प्रतियोगितामा प्रथम,द्वितीय, तृतीय एवं सान्त्वना स्थान प्राप्त गर्ने भजन समूहहरुलाइ क्रमशः १०,०००/- ७,०००/- ५,०००/- ३,०००/- र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो।

May be an image of 7 people and temple

दर्शकहरूको बाक्लो उपस्थितिमा निकै रोचक र भव्य ढंगले उक्त कार्यक्रम सम्पन्न भएको छ। बैदिक सनातन धर्म सेवा समाजको आयोजनामा यसप्रकारका विविध कार्यक्रमहरु समय समयमा आयोजना हुने गरेको र यस्ता कार्यक्रमहरूको मुख्य उद्देश्य संस्कृति र परम्परालाई जगेर्ना गर्दै समयसापेक्ष रुपमा अगाडि लैजानु मै केन्द्रित रहेको संस्थाका उपाध्यक्ष एवं संयोजक अनन्तप्रसाद घिमिरेले बताएका छन्।

May be an image of 6 people and temple

स्वस्ति वाचनसहित प्रारम्भ गरिएको कार्यक्रमको उद्घाटन पाणिनि गाउँपालिकाका अध्यक्ष एकराज न्यौपानेको प्रमुख आतिथ्य एवं बैदिक सनातन धर्म सेवा समाज अर्घाखाँचीका अध्यक्ष चन्द्रमणी घिमिरेको सभापतित्वमा तथा उपाध्यक्ष अनन्तप्रसाद घिमिरेको सन्चालनमा सम्पन्न भएको थियोे।

May be an image of one or more people, crowd, tree and temple

May be an image of 3 people and henna

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?