लुम्बिनीका मुख्यमन्त्री चाैधरीले सोमबार विश्वासको मत लिने

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादर चौधरीले सोमबार विश्वासको मत लिने भएका छन्।

शुक्रबार मन्त्रिपरिषद्को पहिलो बैठकले सोमबार (वैशाख १८ गते) मुख्यमन्त्री चौधरीले प्रदेशसभाबाट विश्वासको मत लिने निर्णय गरेको विनाविभागीय मन्त्री सन्तोष कुमार पाण्डेले जानकारी दिए।

उनका अनुसार सरकारलाई चाँडै पूर्णता दिनका लागि चौधरीले मुख्यमन्त्री नियुक्त भएको चार दिनमै विश्वासको मत लिन लागेका हुन् ।

संविधानले मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था गरेको छ। प्रदेशसभामा आफूअनुकुलको अंकगणित रहेकाले पनि मुख्यमन्त्रीले चाँडै विश्वासको मत लिन लागेका हुन्।

‍बिहीबार आठ दलका ५३ सांसदको समर्थनमा चौधरी मुख्यमन्त्री नियुक्त भएका थिए। ८७ सदस्यीय प्रदेशसभाबाट विश्वास प्राप्त गर्न ४४ सांसदको समर्थन प्रयाप्त हुन्छ।

‘यतिखेर गठबन्धन दलहरुका बीचमा भावनात्मक एकतापनि मजबुत छ,’ माओवादी केन्द्रका एक सांसदले भने ‘ त्यही भएर मुख्यमन्त्रीले जति हुन्छ छिटो विश्वासको मत लिनु राम्रो हो भन्ने निष्कर्ष होला।’

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय उत्पादनको पवर्द्धन गर्दै त्यसको बजारीकरण गर्न प्रदेशमा उपलब्ध स्रोतसाधनको उपयोग गर्ने निर्णय पनि गरेको छ।

बैठकले सरकारको कार्यकालभरी प्रदेशभित्र दुई लाख रोजगारी सिर्जना गर्ने महत्वाकांक्षी निर्णय पनि गरेको छ। त्यस्तैपर्यटन क्षेत्रलाई प्रमुख केन्द्रमा राखेर पर्यटकीय प्रदेश निर्माण गर्न  हदै सम्मको प्रयास गर्ने निर्णय पनि गरेको छ।

प्रदेश सरकार गाउँ–गाउँ र घर–घरमा छ भन्ने अनुभूति दिलाउने गरि काम गर्ने  निर्णय भएकोे विनाविभागीय मन्त्री पाण्डेले जानकारी दिए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?