अर्घाखाँची । जिल्ला प्रशाआन कार्यालयले अनुचित लेनदेन (मिटर व्याज) पिडितहरुको लागि सहायता कक्ष संचालन ल्याएको छ ।
पिडितहरुले आफ्नो भए सम्मका सबुत प्रमाण सहित घटनाको व्यहोरा खुल्ने गरी प्रशासन कार्यालयमा रहेको अनुचित लेनदेन (मिटर व्याज) पिडित सहायता कक्षमा सम्पर्क गर्न सक्नेछन ।
पिडिथरुले सिधै आयोगमा अनलाइनबाट फाराम भरी पठाउनु पनि सकिने प्रमुख जिल्ला अधिकारी मिना अर्यालले जानकारी दिईन् । अर्यालका अनुसार सहायता कक्षमा निवेदन फाराम निशुल्क रुपमा उपलब्ध हुने र कार्यालयकै कर्मचारीवाट निःशुल्क रुपमा फराम भरी दिने व्यवस्था समेत मिलाइएको छ ।
पिडितहरुले वैशाख १७ गतेदेखि ३१ गतेसम्म १५ दिनभित्र अनलाइनबाट सिधै निवेदन पेश गर्न वा प्रशासन कार्यालयमा सम्पर्क गरि निवेदन दिन सक्ने छन् ।












