प्रिमियर कपको फाइनलमा नेपाल-युएई भिड्दै

काठमाडौ । एसीसी प्रिमियर कपको उपाधिका लागि आज नेपाल र युएई भिड्दैछन्।

बिहान ९ बजे नेपाल र यूएईबीच कीर्तिपुरस्थित टीयू मैदानमा खेल हुने तालिका छ। तर, वर्षाले खेल प्रभावित हुने सक्ने सभावना रहेको छ। तेस्रो स्थानका लागि हिजो भएको खेल पनि वर्षाले प्रभावित भयो। तस्रो स्थानका लागि ओमान र कुवेतबीच खेल हुने तालिका थियो तर वर्षाले खेल प्रभावित भयो र ओमान वरीयताका आधारमा कुवेतलाई पछि पार्दै तेस्रो बन्यो। यो नतिजापछि ओमान एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भयो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानदेखि नै मौसम बदली भई मध्यान्ह १२ बजेदेखि मेघगजर्नसहित पानी पर्ने सम्भावना रहेको छ।  आज खेल हुन नसकेमा मंगलबारलाई वैकल्पिक दिन राखिएको छ।

फाइनलमा पानी परेर पूरै ओभर खेल्न नसक्ने अवस्था भएमा सुपर ओभर खेलाइनेछ। सुपर ओभर पनि खेल्ने अवस्था नरहे ओडीआई वरीयतामा यूएईभन्दा अघि रहेको नेपालले एसिया कपमा स्थान बनाउनेछ। नेपाल वरीयताको १४औं स्थानमा छ भने यूएई, नेपालभन्दा ५ स्थान तल छ।

उपाधि जित्ने टोलीले, एसिया कपमा सिधै भारत र पाकिस्तान रहेको समूह–ए मा स्थान बनाउनेछ। समूह–बी मा श्रीलंका, अफनिस्तान र बंगलादेश छन्। दुवै समूहमा शीर्ष दुईमा रहने दुई टोलीले सुपर फोरमा स्थान बनाउने छन्। सुपर फोरमा पनि शीर्ष स्थानमा रहने टोलीले उपाधिका लागि भिड्नेछन्।

एसीसी एसिया कपको १३औँ संस्करण आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?