नेपालले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं । एसीसी प्रिमियर लिग क्रिकेटको उपाधिका लागि नेपालले यूएईविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ।

त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेदेखि सुरु हुने खेलमा नेपालले टस जितेर यूएईलाई ब्याटिङको निम्तो दिएको हो।

आजको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ। दीपेन्द्रसिंह ऐरीलाई बेन्चमा राख्दै उनको ठाउँमा गुलसन झालाई प्लेइङ ११ मा ल्याइएको छ।

आज कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने, भीम सार्की, र ललित राजवंशी खेल्दै छन्।

आजको खेल वर्षाले रोकिएमा खेल भोलि हुने छ। फाइनल खेलका लागि एक दिन रिजर्भ डे राखिएको छ। दुवै एकदिवसीय मान्यता प्राप्त देश भएकाले फाइनल खेल एकदिवसीय अन्तर्राष्ट्रिय खेल हुने छ।

नेपाल र युएईबीच अहिलेसम्म १३ वटा एकदिवसीय खेल भएका छन्। जसमा नेपालले ७ खेल जितेको छ भने युएईले ६ खेल जितेको छ।

फाइनल खेलको विजेता एशिया कपमा छनौट हुने छ भने समुह ए मा भारत र पाकिस्तानसँग खेल्ने छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?