पाणिनी : तालिम पाएपछि व्यावसायिक च्याउ खेतीमा आकर्षण

च्याउ खादा जति स्वादीष्ट हुन्छ उत्पादन गर्न झन उत्तिकै मेहनत लाग्ने गर्छ। च्याउ उत्पादनका लागि पराल भिजाउने देखि गुम्बज भित्र व्यवस्थापन, विउ छर्ने र रेखदेखसम्म निकै मेहनत गर्नुपर्ने हुन्छ ।

पछिल्लो समय च्याउ खेतिमा उधमिकोहरूको आकर्षण बढेको छ । यसको आकर्षणसंगै व्यवसायीक र आर्थिक उपार्जनको स्रोत बनाउन पाणिनी गाउपालिका वडा नं ७ झन्द्रेकमा च्याउ खेति तालिम संचालन गरियो । तालिम पश्चाता कृषकहरु च्याउ खेति गर्न थालेको छन् ।

आर्थीक वर्ष २०७९/८० को गरीबी निवारणका लागि लघुउधम विकास कार्यक्रम (मेड्पा) अन्तरगत गत चैत्रमा पाणिनी गाउपालिका वडा नं. ७ अडगुरिमा झन्द्रेक, टाकुरामा दश दिने च्याउ खेति सम्बन्धी सिप विकास तालिम प्रदान गरीएको थियो ।

संघिय सरकारको ससर्त अनुदान तर्फ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत उक्त कार्यक्रममा उधमिलाइ समूह बनाएर च्याउ खेति गर्न सिकाइयो । सोही तालिम पश्चात शिवालय लघुउद्यम समूहले व्यवसायीक च्याउ खेती थालेको छ । तालिममा सिकेको सिपलाई व्यवहारमा लागु गर्दै आफुहरुले व्यवसायिक चाउखेती गरेको समूहकि अध्यक्ष सरस्वति पाण्डे बताउछीन ।

पाण्डेले भनिन्, “च्याउ उत्पादन सोचे जस्तो सहज रहेनछ, तालिम लिए पछि थाहा पायौं, अब व्यवसायीक रुपमा उत्पादन गर्ने छौँ।” उनिहरुको समूहमा ७ जना सदस्य छन् । अहिलेको लटमा करिब ५०० किलोग्रामसम्म च्याउ उत्पादन हुने उनिहरुको अनुमान छ।

पाणिनी गाउपालिकामा वाड नं. ७ झन्देकमा मेड्पा कार्यक्रम अन्तरगत च्याउ खेति तालिम संचालन गरी सहभागिलाई उद्यमी वनाउने र स्वरोजगार बनाउने लक्ष्य रहेको गाउँपालिकाका उद्यम विकास सहजकर्ता डम्मर डागीको भनाई छ । यो तालिमले उधमिहरूमा ऊर्जा मिलेको र व्यवसायीक च्याउ खेति सुरु गरेको भन्दै आगामि दिनमा पनि यसले निरन्तरता पाउनेमा आफू बिश्वस्त रहेको उनको भनाई छ ।

एउटा तालिमले उधमिलाई यति हौसला प्रदान गरी व्यवसायीक बन्न मद्दत पुग्छ भने अव स्थानिय तहहरूले पनि उधमीलाई प्राेत्साहन गर्ने खालका कार्यक्रम ल्याउन जरूरी छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?