बैशाक २४ रोल्पा, सुनछहरी गाँउपालीका रोल्पा Œारा सामुदायिक कृषि तथा पशु उद्यमीहरुका लागी भेटेरीनरी सामान वितरण गरेको छ । गाँउपालीकाका सातबटै वार्डमा रहेका सामुदायिक कृषि तथा पशु उद्यमीहरुका लागी भेटेरीनरी सामान वितरण गरीएको हो ।
गाँउपालीकाले कृषि र पशुको क्षेत्रमा रहेका किसान तथा उद्यमिहरुको व्यबसायमा बिभिन्न कारणले हुने क्षती कम गरी उत्पादन मार्फत आयआर्जन बढाउने उदेश्यले भेटेरीनरी सामान वितरण गरेको हो ।
सुनछहरी गाँउपालीका,हेफर प्रोजेक्ट नेपालको सहयोगमा शहिद परीवार समाज नेपालले सञ्चालन गरेको कृषि तथा पशु विकासमा आधारीत सानाकिसान तथा युवा उद्यमशिलता विकास परीयोजना अन्र्तरगत सामुदायिक कृषि तथा पशु उद्यमीहरुका लागी कुलबक्स,माइक्रोस्कोप,वोडिजो क्यास्टेटर मेसिन,ट्याग मेसिन,किट बक्स लगायत रु तीस हजार बराबरको औषधी वितरण गरीएको हो ।
सामाग्रि वितरण कार्यक्रममा बोल्दै गाँउपालीका अध्यक्ष धन बहादुर पुनले सामुदायिक कृषि तथा पशु उद्यमीहरुले आफु उद्यमी बन्दै ग्रामिण क्षेत्रमा रहेका किसान तथा उद्यमिहरुको व्यबसायमा हुने क्षती कम गर्न सामुदायिक कृषि तथा पशु उद्यमीहरु लागीपर्नुपर्ने बताउनुभयो ।
पालीकाको मुख्य ध्येय किसानको उत्पादन बढाएर आर्थिक समुन्नती ल्याउने रहेकाले आआðनो क्षेत्रमा बढिभन्दा बढि सेवा प्रवाहमा लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रमा पशु चिकित्सक सुनबहादुर पुनले सामुदायिक कृषि तथा पशु उद्यमीहरुले प्राप्त गरेका भेटेरीनरी सामानको भरपुर प्रयोग गरी कृषि र पशुमा अपेक्षित परीवर्तन आउनेमा आफु बिश्वस्त रहेको बताउनुभयो ।












